३१ बैशाख २०८१, सोमबार | May 13, 2024

नेपालगन्जमा पहिलो बुक क्याफे ‘कुटुम्ब’ बुधबारबाट संचालनमा आउँदै



नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक क्याफेमा बसेर किताव पढ्न पाइने भएको छ । सदभावको शहरकारुपमा रहेको नेपालगन्जमा पहिलो बुक क्याफेकारुपमा कुटुम्ब क्याफे संचालनमा आएसँगै पुस्तकका पारखीहरुले चिया कफिको चुस्कीसँगै पुस्तकको आनन्द लिन पाउने भएका हुन् ।

पुस्तक व्यवसायी बासु भण्डारीले बुधबार देखि नेपालगन्जमा कुटुम्ब बुक क्याफे संचालनमा ल्याउन थालेका हुन् । लामो समयदेखि स्टेसनरी तथा खेलकुद सामाग्रीको कारोबार गर्दै आएका भण्डारीले अध्ययनशिल बौद्धिक वर्गलाई लक्षित गर्दै बुक क्याफे संचालनमा ल्याउन थालेको बताए ।

नेपालका अन्य शहरहरुमा बुक क्याफेहरु संचालनमा रहेपनि नेपालगन्जमा बुक क्याफेको आवश्यकता महसुस गरिँदै आएको थियो । नेपालगन्जमा संचालनमा रहेका केही क्याफेहरुले अनौपचारिक पत्रपत्रिका र केही कितावहरु राख्न गरेपनि पुस्तकको उपलब्धता सहित खुल्ने कुटुम्ब बुक क्याफे पहिलो भएको संचालक भण्डारीले दाबी गरे । नेपालगन्जको धम्बोझीमा खोल्न थालिएको कुटुम्ब बुक क्याफेको बुधबारबाट सेवा आरम्भ हुने उनले बताए । उनले क्याफेमा नयाँ प्रकाशित पुस्तक तथा दुर्लभ ऐतिहासिक पुस्तकहरु पढ्ने ब्यवस्था मिलाइएको बताए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ७ : ०७ बजे

अर्थसहित चार संसदीय समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै

कांग्रेसको संसदीय दलको बैठक आज बस्दैँ

काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैँ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

चितवन । चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण

दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले