४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

सरकार तरकारी बारीको बुख्याँचा जस्तो : एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् । पार्टी निकट जनसंगठन नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो संज्ञा दिएका हुन् ।

अध्यक्ष ओलीले सरकार बुख्याचा भएकाले केही गर्न नसक्ने बताए । यस्तै उनले एमालेविरोधीहरू एक्लै भिड्न नसक्ने अवस्थाममा पुगेको पनि बताए ।

‘हामी मिसन ८४ मा छौं । हाम्रा विरोधीहरू एक्लै लड्छौं भन्ने आँट नै गर्दैनन, हामीमात्रै हौं एक्लै लड्छौं भन्ने । हामी लड्यौं तर उनीहरूले स-साना अंक जोडेर सरकार बनाएका छन,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘त्यो सरकार तरकारी बारीको बुख्याचाजस्तो छ । केही गर्ने होइन । अहिले त त्यसका टाउकामा सुँगा पनि बस्छ, काग पनि । सबैले चिनिसके यो बुख्याचा हो केही गर्न सक्दैन भन्ने । बुख्याचा मात्रै होइन, निकम्मा पनि छ ।’

अध्यक्ष ओलीले सरकार भ्रष्टाचार, तस्करी, कममिसनखोरीको संरक्षक बनेको तथ्य पनि राख्न अनुरोधसमेत गरेका छन् । उनले विरोधीहरूले जुनसुकै बेलामा प्रहार गर्नसक्ने भएकाले त्यसका विरुद्ध आन्दोलनमा उत्रिन तयार रहन पनि निर्देशन दिए ।

‘यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउनसक्छ । देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ ?,’ ओलीले भने, ‘उस्तै परे हामीले गठबन्धन भत्काएर, यो लोभीपापीहरू नभत्किन सक्छन् । यीनिहरूको घाँटी एकैठाउँमा जोडिएको छ । त्यसैले हामी जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यक छ । त्यसअघि हामीले आफूलाई संगठित गर्नुपर्छ ।’

उहाँले एमालेमाथि प्रहार गर्नसक्ने अवस्था भएकाले आफूहरू निर्णायक लडाइँमा रहेको बताए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ३ : ३६ बजे

Changing Koshi Province through Chinese modern agricultural technology

Jhapa : the China–South Asia Poverty Alleviation and Development Cooperation

चिनियाँ आधुनिक कृषि प्रविधिले बदलिँदै कोसी

झापा। झापाको परम्परागत कृषि क्षेत्रलाइ आधुनिक, व्यावसायिक र जलवायु(अनुकूल बनाउन

नेपालगन्जमा पेट्रोलियम पदार्थको हाहाकार, पम्पहरुमा पेट्रोल/डिजल छैन भन्ने सूचना टाँस

नेपालगन्ज । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको सूचनाकै आधारमा

मालपोत कार्यालय भैरहवाका नायब सुब्बा खाम्चाविरुद्ध घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा

रुपन्देहीको शुद्धोधनका भूमिहीन र सुकुम्बासी आन्दोलित, गाउँपालिकालाई ज्ञापनपत्र

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी