७ आश्विन २०८३, बुधबार | September 23, 2026

गठबन्धन दलको वंश भ्रष्टाचारी, गोत्र निकम्मा र जात देशद्रोही : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार भ्रष्टाचार र तस्करीको संरक्षक भएको बताएका छन । नेपाल खेलकुद महासंघको पूर्ण बैठकलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको गोत्र निकम्मा र जात देशद्रोही भएको बताएका हुन ।

अहिलेको गठबन्धनमा रहेका दल र नेताहरूको घाटी मात्रै नभएर सिङ्गै शरीर पनि जोडिएको ओलीले बताए । उनले गठबन्धन दलको वंश भ्रष्टाचारी र कमिशनतन्त्रीय, गोत्र निकम्मा र जात देशद्रोही भएको बताएका छन ।

‘यी एकै वंशका, एकै नस्लका हुन्, भ्रष्टाचारी वंशका हुन्, यी कमिशनतन्त्रीय वंशका हुन्, यिनको गोत्र निकम्मा हो, यिनको जात देशद्रोही हो, त्यसकारण यी एकै ठाउँमा बस्छन्’, ओलीले भने ।

ओलीले गठबन्धन देशका लागि अत्यन्तै हानिकारक रहेकोसमेत बताए । गठबन्धनले देश बरबाद र राष्ट्रियतालाई कमजोर बनाएको ओलीको भनाइ छ ।

‘देशका स्रोतहरू बेचिसक्यो, हाम्रो स्वाधीनता र स्वाभिमानलाई धुजाधुजा बनाइसक्यो, त्यसकारण समय घर्किनभन्दा अगाडि हामीले निर्णायक कदम चाल्नुपर्नेछ, यस कुराका लागि हामी तयार हुनुपर्ने छ’, ओलीले भने ।

गठबन्धन दलले एमालेमाथि जस्तोसुकै प्रहार गर्न सक्ने अवस्था रहेको भन्दै अध्यक्ष ओलीले तयारी अवस्थामा रहन नेता कार्यकर्तालाई आग्रहसमेत गरेका छन ।

‘अहिले हामी निर्णायक लडाइँ लडिरहेका छौँ, उनीहरूले जस्तोसुकै प्रहार गर्न सक्ने अवस्था छ, उनीहरू आतंकित छन्’, ओलीले भने ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ४ : १२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज