८ चैत्र २०८२, आइतबार | March 22, 2026

बहुमत सभासदहरुले बहिस्कार गरेपछि बाँके डुडुवा गाँउपालिकाको १५ औँ गाउंसभामा स्थगित



नेपालगन्ज । गाँउसभाका बहुमत गाँउसभा सदस्यहरुले सभा बहिस्कार गरेपछि बाँकेको डुडुवा गाँउपालिकाको १५ औ गाउँसभा अनिश्चितकालका लागि स्थगित भएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीद्धारा आजको लागि आव्हान गरिएको १५औँ गाउंसभा बैठकमा गणपुरक सदस्यहरुको संख्या नपुगेपछि सूचना टाँस गरि स्थागित गरिएको हो ।

गणपुरक संख्या नै नपुगेपछि सभा स्थगित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवालले बताए । उनका अनुसार अर्को सूचना जारी नभएसम्म बैठक स्थागित भएको छ ।

बाँकेको डुडुवा गाउपालिकाका अध्यक्ष चौधरीले मनोमानी गरेको भन्दै बहुमत सदस्यले हिउँदे गाउँसभा बहिस्कार गरेको जनाएका छन् । अध्यक्ष चौधरीले मनोमानी गरेको भन्दै नेकपा एमाले, र जसपाका निर्वाचित सदस्यहरुले सभा बहिस्कार गरेको बताइएको छ ।

उनीहरुले कुनैपनि बजेटको आयब्यय पारदर्शी नरहेको, खाजा, इन्धन, बिद्यालयको दिवाखाजा, कर्मचारी भर्ना लगायतका बिषयहरुमा भ्रष्टाचार गर्दै आएकाले आगामी दिनमा सुधार नहुँदासम्म पालिकामा हुने कुनैपनि बैठक, सभामा सहभागी नहुने जनाएका छन् । बहिस्कारको घोषणा गरेका सदस्यहरुले कार्यपालिका बैठक र गाउँसभा सम्बन्धि आफूहरुलाई पूर्व सूचना समेत नदिएर अध्यक्षले गाउँसभा गर्न खोजेको प्रति आफूहरुको आपत्ति रहेको जनाएका छन् । वडा नं ५ र ६ का वडा अध्यक्ष, ५ जना कार्यपालिका सदस्य र १० जना वडा सदस्यले गाउँसभा हस्ताक्षर सहित बहिस्कार गरेपछि माघ ४ गते हुने भनिएको हिउदे गाउँसभा अन्यौलमा परेको छ ।

गत वर्ष पनि डुडुवा गाउँपालिकाको असार १० भित्र हुने गाउँसभा पुस ४ गते र बिशेष गाउँसभा जेठमा भएको थियो । चौधरी अध्यक्षमा निर्वाचित भएदेखि नै हाराहारी मत ल्याएको एमालेले डुडुवामा गाउँसभा र कार्यपालिका बैठकमा अवरोध पु¥याउँदै आएको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ९ : ४३ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।