१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

घट्यो प्रभु बैंकको खुदनाफा घट्यो



काठमाडौं । प्रभु बैंकको खुदनाफा घटेको छ । बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३९.९७ प्रतिशतले घटेर ७२ करोड ३ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज बढ्दा यसको नाफा प्रभावित भएको हो । पुस मसान्तसम्म आइपुग्दा खराब कर्जा २.९२ प्रतिशतले बढेर ४.९० प्रतिशत पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्ष ४२ करोड ६७ लाख ४९ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब २५ करोड ७७ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी ४०.५८ प्रतिशतले बढेर ४ अर्ब ७६ करोड ६८ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा ५.७७ प्रतिशतले बढेर १ अर्ब ७२ करोड ८५ लाख १७ हजार रुपैयाँ पुगेको छ । प्रभु बैंकका अनुसार दोस्रो त्रैमाससम्ममा चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ ।

वितरणयोग्य नाफा १ अर्ब ८६ करोड ७४ लाख ६८ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ०२ पैसाले घटेर ६ रुपैयाँ १२ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ०२ पैसा छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १ : १९ बजे

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका