२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

१० दिन देखी सोमलियाको तटमा हराएको दुइ अमेरिकी सैनिकको मृत्यु भएको पुष्टी



वासिंगटन डिसी । जनवरी ११ मा सोमालियाको तटबाट बेपत्ता भएका दुई अमेरिकी नौ सेनाको मृत्यु भएको अमेरिकी नौ सेनाको केन्द्रीय कमाण्डले जनाएको छ । पछिल्लो १० दिनसम्म खोजी गर्दा पनि पत्ता नलागे पछि नौसेनाले उनीहरूको मृत्यु भएको पुष्टी गरेको हो ।

‘हामीलाई यो घोषणा गर्न पाउँदा खेद छ कि १० दिनको व्यापक खोजी पछि हाम्रा दुई बेपत्ता अमेरिकी नौसेना सिलहरू फेला परेका छैनन् र तिनीहरूको स्थिति मृतकमा परिवर्तन गरिएको छ,’ केन्द्रीय कमाण्डले आइतवार एक विज्ञप्तिमा भन्यो, ‘परिवारहरूको सम्मानको लागि यस समयमा थप जानकारी जारी गरिने छैन ।’

सेन्टकमले अगाडी भन्यो कि अमेरिका, जापान र स्पेनका टोलीहरूले दुई हराएका सैनिक पत्ता लगाउन प्रयास गर्न २३ हजार वर्ग माइलमा भन्दा बढी क्षेत्रमा खोजी गरेका थिए । उसका अनुसार दुई जना नाविक अवैध इरानी हतियारको खोजीमा एउटा जहाजमा चढिरहेका थिए, जब एक आठ फिट काठमा ठोक्किएका कारण पानीमा खसे भने दोस्रो पानीमा हाम्फालेर ज्यान बचाउने कोशिश गरेका थिए ।

‘हामी हाम्रा दुई नौसेना विशेष वारफेयर योद्धाहरूको हानिमा शोक गर्छौं र हामी उनीहरूको बलिदान र उदाहरणलाई सधैं सम्मान गर्नेछौं । हाम्रो प्रार्थना यस समयमा  उनीहरूको परिवार, साथीहरू, अमेरिकी नौसेना र सम्पूर्ण विशेष अपरेशन समुदायसँग छ,’ अमेरिकी सेन्टकमका जनरल माइकल एरिक कुरिल्लाले भने ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : २६ बजे

तिहारमा मिठाई र बत्तीको व्यापार

सुनसरी । तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ ।

सैनिक कल्याणकारी कोष : ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधा

काठमाडौं । सैनिक कल्याणकारी कोषलाई बहालवाला तथा अवकाशप्राप्त सैनिक र

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना

भोटेकोशी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको यकीन सूची सार्वजनिक

जुम्ला । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा