२ पुस २०८२, बुधबार | December 17, 2025

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने



काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । आज एपीएफ र त्रिभुवन आर्मी, बागमती र गण्डकी प्रदेश तथा कर्णाली र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

जसअन्तर्गत एपीएफ र आर्मीबीचको खेल भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा एपीएफ चार खेलबाट ४ अंक जोडेर छैटौँ स्थानमा रहेको छ भने समान खेलबाट ४ अङ्क नै रहेको आर्मी पाँचौँ स्थानमा छ ।

यस्तै, बागमती प्रदेश र गण्डकी प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे हुनेछ । प्रतियोगितामा ६ खेलबाट ८ अंक बनाएको बागमती तालिकाको दोस्रो स्थानमा रहेको छ । चार खेल खेलेको गण्डकी २ अंकका साथ आठौँ स्थानमा छ ।

यसैगरी, काठमाडौँको मूलपानी क्रिकेट मैदानमा कर्णाली र कोशी प्रदेश भिड्ने छन् । यी दुई टोलीबीचको खेल बिहान सवा ९ बजे सुरु हुनेछ ।

अहिलेसम्म ५ खेलबाट ४ अंक जोडेको कर्णाली प्रदेश सातौँ स्थानमा छ भने ६ खेल खेलेको कोशी प्रदेश अंक विहीन रहँदै पुछारमा छ । प्रधानमन्त्री कप पुरुष क्रिकेटमा सात प्रदेशसहित १० टोली सहभागी छन् ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १० : ०७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल