१३ असार २०८३, शनिबार | June 27, 2026

पीएम कप : एपीएफ, आर्मी र कर्णाली प्रदेश विजयी



बुटवल । प्रधानमन्त्री (पीएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार भएका तीन खेलमा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले जित निकालेका छन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४८.५ ओभरमा १ सय ९१ रनमा अलआउट भयो । उसका लागि निश्चल क्षेत्रीले सर्वाधिक ५७ रन बनाए । बलिङमा एपीएफका रोहितकुमार पौडेल र अमरसिंह रौटेलाले ३-३ विकेट लिए । ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिएका अमर प्लेयर अफ दि म्याच भए । १ सय ९२ रनको लक्ष्य एपीएफले ७ विकेट गुमाएर ३६.३ ओभरमा पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन बनाए भने आसिफ शेखले ३२ रनको योगदान गरे । बलिङमा सुदूरपश्चिमका शेर मल्ल, विकास अग्री र नारायण जोशीले १-१ विकेट हात पारे ।

यस्तै, दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै छैटौं जित हात पारेको छ । गण्डकी भने ७ मध्ये ६ खेलमा पराजित भइसकेको छ भने अंक तालिकामा पुछारमा छ । पहिले ब्याटिङ गरेको गण्डकी ३०.३ ओभरमा १ सय १६ रनमै अलआउट भयो ।

गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाए । यस्तै, दीप डुम्रेले १९, कमल परियारले १७, र विपिन खत्रीले १५ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा आर्मीका साहब आलमले पाँच विकेट लिए । प्लेयर अफ दि म्याच उनले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चिए । कुशल मल्ल र नरेन साउदले समान २-२ विकेट लिए । १ सय १७ रनको लक्ष्य आर्मीले ४ विकेट गुमाएर २६.५ ओभरमा पूरा गर्यो । आर्मीका लागि ओपनर तृतराज दासले ३७, बसिर अहमदले नटआउट ३२, भीम सार्कीले १४ र इमरान शेखले १२ रनको योगदान गरे । बलिङमा गण्डकीका चन्द्र पौडेल, विपिन खत्री, सुभाष भण्डारी र सुदीप अर्यालले समान १-१ विकेट लिए । आर्मी १२ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।

यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राकेट ओभक क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले चौथो जित दर्ता गराएको छ । आफूले खेलेका सातमध्ये चार खेलमा जित निकालेसँगै कर्णाली अंक तालिकमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र लुम्बिनी प्रदेससँग अंक बराबरी गरेको छ । कर्णालीले मधेस प्रदेशलाई ८१ रनले हरायो । टस जितेर ब्याटिङ गरेको कर्णाली ५ बल खेल्न बाँकी छदा २ सय २० रनमा अलआउट भयो ।

कर्णालीका दीपेन्द्र रावतले ६१ रन बनाउँदा अर्जुन घर्तीले २६ र दीनेश अधिकारीले २४ रनको योगदान गरे । बलिङमा मधेसका रुपेश सिंह, रंजित कुमार, हरिशंकर साह, कमल गुप्ता र अनिल साहले २-२ विकेट लिए । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश ३५.२ ओभरमा १३९ रनमा अलआउट भयो । उसका लागि रुपेश सिंहले सबैभन्दा बढी ३० रन बनाए । बलिङमा दीनेश अधिकारीले ४ विकेट लिए । अर्धशतक समेत प्रहार गरेर प्लेयर अफस दि म्याच दीपेन्द्र रावतले ३ विकेट लिन सफल भए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ५ : ५४ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को