१६ माघ २०८२, शुक्रबार | January 31, 2026

बुटवलमा इहि र कयेता पूजाको तयारी तिब्र, के हो इहि र कयेता पूजा ?



बुटवल । हरेक वर्ष बुटवलमा हुँदै आएको नेवाः कन्याहरुको इहि तथा बटुकहरुको कयेता पूजाको तयारी तिब्र पारीएको छ । माघ २० र २१ गते बुटवल स्थित भूपु सैनिक मैदानमा हुने इही र कयेता पूजाको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेवाः सेवा समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले बताए ।

काठमाडौंबाट नेवाः पुरोहीत र (राजोपाध्याय) द्यो माँ बोलाएर गरिने नेवारी बिधि र परम्पराको इही र कयेता पूजाका लागि बिभिन्न समितिहरु बनाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार पूजालाई ब्यवस्थित र बिधि सम्मत बनाउन समितिका सचिव लक्ष्मण श्रेष्ठ र सदस्य भगवती श्रेष्ठलाई संयोजक तोकिएको छ भने त्यस अन्तर्गत बिभिन्न उपसमिति बनाइएको छ ।

बुटवल र यस आसपासका नेवाः समुदायबाट प्रतिनिधित्व हुँदै आएको इही तथा कयेता पूजामा हाल सम्म ७० बढी कन्याहरु र २० बढी बटुकहरुको नाम दर्ता भइसकेको संयोजक लक्ष्मण श्रेष्ठले जानकारी दिए । इहीमा पहिलो रोहमा कजि कन्या एकजना, दोस्रो रोहमा पञ्च कन्या ५ जना, तेस्रो रोहमा ९ कन्या, चौथो रोहमा २१ कन्या र त्यस पछि सहभागी कन्याहरुलाई राखेर पूजाको ब्यवस्था मिलाइएको संयोजक श्रेष्ठले बताए । सहभागी कन्याहरु बाहेकको सबै रोहको स्थान पूर्ण भइसकेको र साधारण रोहका लागि भने इच्छुक नेवाः कन्याहरुको नाम दर्ता जारी रहेको उनले बताए ।

इहीका लागि प्रति कन्या ३ हजार ५०० दर्ता शुल्क लिइएको र कयेता मूजाका लागि प्रति बटुक १० हजार शुल्क लाग्ने उनले बताए । सोही शुल्कमा खाना, फूल प्रसादको समेत आयोजकले ब्यवस्थापन गर्ने उनले जानकारी दिए ।

के हो इहि ?

नेवाः जातीमा बालिका रजश्वला हुनु अगाडी ‘इहि’ गराउने प्रचलन छ। “इ” भनेको नेपाल भाषामा समय हो र “हि” भनेको रगत हो अर्थात रगत देखा पर्नु अगाडी गर्नु पर्ने संस्कार नै इहि संस्कार हो ।

इहि गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी इहि गर्ने गर्ने बालिकाका बुवाले ईष्ट देवतासंग बिधिवत् रूपमा सम्बन्ध गास्ने काम गरेपछि यो इहि कार्य सम्पन्न हुने गर्दछ ।

नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ । । इहि संस्कार भएपछि विजोर वर्षमा बाह्र दिनसम्म बाह्रा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराइन्छ ।

यसरी गरिन्छ कयेता पूजा

नेवार समुदायको जन्मकर्मको १० संस्कार मध्य छोरी चेलीेको ‘इहि’ र बाह्रास् तथा छोराको बुसँखा र केयता पुजालाई जीवन संस्कारका रुपमा चिनिन्छ । छोरालाई गरिने बुँसँखा संस्कारलाई चुडाकर्म पनि भनिन्छ । बालकको शिरमा कपाल खौरेर शिखा (टुप्पी, आङ्सा) मात्र बाकी राखि कान समेत छेड्ने कार्य समेत यस संस्कारमा हुन्छ । यस संस्कारमा बालकलो फूपू र मामाको अहम भूमिका हुन्छ ।

बुसँखा संस्कार पश्च्यात बालक नाबालाक अवस्था पार गरि आफ्नो जातिय समाज र पारिवारिक सद्स्यताको मान्यताको योग्यता प्राप्त गर्ने परम्परागत सामाजिक विस्वास रहि आएका देखिन्छ । यो संस्कारलाई गैह्र नेवाःहरु मुण्डन वा छेवर पनि भन्ने गर्दछन् । यो बुसँखाय संस्कार कसैले छुट्टै गर्ने गर्छन् भने धेरै जसोले सहजताका लागि कयेता पुजा कै दिन गर्ने गर्दछन् ।

नाबालक बालक सामाजिक र पारिवारिक सद्स्य हुन योग्य भए पश्चात् बैस्क अवस्थामा पुगेर जिवनयापनका लागि अनिवार्य शिक्षा दीक्षाको आवस्यक्ता पर्ने भएकाले बालकलाई शिक्षा दीक्षा दिने संस्कार पूरा गरिन्छ जसलाई नेवाः समाजमा ू कयेता ू पुजा भनिन्छ ।

कयेता पुजामा बालकको मामाको अनिवार्य उपस्थितिको आवस्यता पर्छ याने यस संस्कारमा मामाको अहम भूमिका रहेको हुन्छ । कयेता पूजा गरि कयता (लङ्गोती) लल्हाय गरेर लिएर देखा (तान्त्रीक दिक्षा) तथा (केही नेवाः समुदायले जनै समेत धारण गर्नु पर्ने परम्परा रहेको छ) ग्रहण गरेर कयेता पुजाको संस्कार संपन्न गरि सके पछि नितिगत अनुशासनमा बस्नु पर्ने भएकाले कयेता पुजा गरिने बालक शारिरिक र मानसिक रुपमा अलि परिपक्व अवस्थाको उमेर हुनु पर्ने आवस्या भएकाले ८ वर्ष बाट कयेता पुजा गर्न योग्य उमेर मानिने गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ११ : २३ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी