१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

पूर्वराजालाई बरालियर नहिँड्न दुर्गा प्रसाईंको आग्रह



बुटवल । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईंले अहिले पूर्वराजा बरालियर विभिन्न स्थानमा घुम्ने गरेको बताउँदै यसरी नहिँड्न आग्रह गरेका छन् ।

बुटवलमा आयोजना गरिएको लुम्बिनी “अञ्चलस्तरीय” कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो अभियानमा लागेमा मात्रै राजगद्धीमा बसाल्न सकिने दाबी गरेका हुन । उनले भने- ‘हाम्रो अभियानमा लागेमा, हामीलाई साथ दिएमा मात्रै हामी राजगद्दीमा बसाल्छौं, तर बरालीयर हिडेमा केही गर्न सकिन्न ।’

आफुहरुले चाहेको व्यवस्था आउने दिन बैंक र बित्तीय संस्थामा रहेको लालपुर्जा परिर्वतन गरिदिने बताएका छन् । उनले बैंक तथा बित्तीय संस्थामा भएको लालपुर्जाको सट्टा मालपोतबाट आफुहरुले पुर्जा जारी गर्ने उनले बुटवलमा बताएका थिए ।

उनले फागुन १ गते बाट अहिलेको राज्य व्यवस्था विरुद्धको नयाँ अभियान सुरुवात हुने र यसको लागि सबैले सहयोग गनुपर्ने बताएका थिए । उनले यो अभियानमा पूर्वराजाले पनि साथ दिनेमा आफु विश्वस्त भएको बताएका थिए ।

बुटवलका व्यवसायीहरुलाइ अभियानमा जोडिन आग्रह गर्दै उनले सत्यकुरा जहिले पनि तितो हुने भन्दै सत्यको पछि लाग्नको लागि आग्रह समेत गरेका थिए । अहिले देश तस्कर र सिमित मारवाडी समुहको कब्जामा रहेको दाबी गर्दै उनले बैंक तथा बित्तीय संस्थाको कारण जनता मर्ने वातावरणबाट बचाउनको लागि अहिलेको अभियान भएको बताएका थिए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ५ : ३५ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary