३ भदौ २०८३, बुधबार | August 19, 2026

देवदहमा १२ गतेदेखि प्रथम राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता हुने



देवदह । रुपन्देहीको देवदह नगरपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता आयोजना हुने भएको छ । देवदह-७ मा अवस्थित देवदह माविको खेल मौदानमा माघ १२ गतेदेखि १४ गतेसम्म ३ दिन सञ्चालन हुने प्रतियोगितामा नगरपालिका २५ वटा विद्यालयको सहभागिता रहने छ ।

प्रतियोगिता स्थलको अवलोकन गर्दै नगर प्रमुख ध्रुब प्रसाद खरेलले खेलकूदको माध्यमबाट देवदहलाई नयाँ पहिचान दिलाउन अहिलेको प्रतियोगिता महत्वपूर्ण रहने उल्लेख गरे ।

प्रतियोगिताको व्यवस्थापन तथा निर्देशन समिति समेत रहेका खरेलले नगरमा पहिलो पटक राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता गर्न लागिएकाले विद्यार्थी, अभिभावक, शिक्षक तथा खेलप्रेमीहरुमा नयाँ उत्साह सिर्जना भएको दाबी गरे ।

प्रतियोगितामा विभिन्न इभेन्टमा गरी सामुदायिकतर्फ १५ तथा संस्थागततर्फ १० गरी २५ विद्यालयका ९९८ जना विद्यार्थीले प्रतिस्पर्धा गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

छात्र/छात्रा भलिबल, कबड्डी, एथलेटिक्स तथा मार्सल आर्ट्स गरी ३२ स्वर्णका लागि प्रतिस्पर्धा हुने सापकोटाले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि देवदह नगरपालिकाले १० लाख रकम वार्षिक बजेटमै विनियोजन गरेको छ भने संघीय सरकारबाट १ लाख रुपैयाँ अनुदान प्राप्त भएको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले जानकारी दिइन् ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १३ लाख ५० हजार खर्च अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न लाग्ने अपुग रकम नगरपालिकाको श्रोतबाट नै व्यवस्था गरिने उनले जानकारी दिइन् ।

देवदह माविका अध्यक्ष सुरज खरेलले प्रतियोगिताले विद्यालयको खेलकूद पूर्वाधार विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने बताए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ८ : २३ बजे

टोखा-छहरे सडक राति बन्द हुने

त्रिशूली । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

मानव बेचबिखनविरुद्धको २० औँ राष्ट्रिय दिवसको नारा तय

काठमाडौं । सरकारले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना बढाउँदै सभ्य

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का