२ पुस २०८२, बुधबार | December 18, 2025

यू-१९ विश्वकप क्रिकेट : जित्नै पर्ने दबाबका बीच अफगानिस्तानको सामना गर्दै नेपाल



काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज (शुक्रबार) समूह चरणको तेस्रो तथा अन्तिम खेल खेल्दैछ । यसअघिका २ खेलमा हार बेहोरेपछि जित्नै पर्ने दबाबमा रहेको नेपालले शुक्रबार अफगानिस्तानको सामना गर्न लागेको हो ।

नेपाल र अफगानिस्तानको खेल नेपाली समयानुसार दिउँसो १:४५ बजेदेखि सुरु हुनेछ ।

यसअघिका २ खेलमा हार बेहोरेको नेपालले सुपर सिक्समा पुग्नलाई अफगानिस्तानलाई हराउनै पर्छ । नेपाल समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ ।

शुक्रबारको खेलमा अफगानिस्तानलाई हराए नेपाल सुपर सिक्समा पुग्नेछ । सुपर सिक्समा पुग्दा नेपालले समूह ‘डी’का न्यूजिल्याण्ड र पाकिस्तानका साथै समूह ‘ए’का शीर्ष ३ टोलीसँग प्रतिस्पर्धा गर्न पाउनेछ ।

अफगानिस्तानका लागि पनि सुपर सिक्समा पुग्न शुक्रबार नेपालविरुद्धको खेलमा जित्नै पर्ने बाध्यता छ । अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रन र दोस्रो खेलमा न्यूजिल्याण्डसँग १ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ७ : ५२ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल