२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

अल नेपाल स्नुकर प्रतियोगितामा भाग लिने खेलाडीलाई बिदाई



बुटवल । पोखरामा हुने अल नेपाल खुल्ला स्नुकर प्रतियोगिताका लागि रुपन्देहीबाट सहभागी हुने खेलाडीलाई विहिबार एक कार्यक्रमका बीच शुभकामनासहित बिदाई गरिएको छ । बुटवलबाट प्रतियोगिताका लागि ६ जना खेलाडी सहभागी हुँदै छन् ।

रुपन्देही पुल तथा स्नुकर संघले उनीहरुलाई बिदाई गरेको हो । खेलाडी बिदाई कार्यक्रममा बोल्दै बुटवल नगर खेलकुद बिकास समितीका संयोजक बोनिन पियाले खेलाडीहरु खेलमा अनुशासित र लगनसिल हुनु जरुरी रहेको बताए । खेलकुदको पहिचान भनेको खेलप्रतिको लगनसिलता अनुशान भएकाले यसैलाई अंगीकार गर्दै आफ्नो खेल जीवनलाई अगाडि लैजान आग्रह गरे । बुटवल उपमहानगरले नगरभित्र हुने खेलकुदका हरेक गतिविधीमा हातेमालो गदै आएको बताउँदै संयोजक पियाले बुटवल उपमहानगरले खेलाडीको मनोबल बढाउन आर्थिक, भौतिकसँगै विभिन्नन विधाका खेलकुद प्रतियोगिताहरु समेत गदै आएको उल्लेख गरे ।

रुपन्देही पुल तथा स्नुकार संघका सल्लाहाकार सन्जयरत्न बजाचार्यले उत्कृष्ट प्रदर्शन गर्दै रुपन्देहीलाई खेल मार्फत चिनाउन आग्रह गरे । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले नेपालमा स्कुकर खेल तिब्ररुपमा बिकास भैरहेको बताउदै बिभीन्न ठाउँमा हुने प्रतियोगिताले यसको प्रचार-प्रसार सँगै खेलले व्यवसायीकता समेत प्रदान गरेको बताए ।

रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष सुजन पुनले पोखरामा माघ १३ गतेबाट हुन लागेको अल नेपाल खुल्ला प्रतियोगितामा भाग लिन रुपन्देही जिल्लाबाट ६ जना खेलाडी छनोट भएको जानकारी गराए । प्रतियोगितमा भागलिन शंकर खड्का, शिसिर गुरुङ, कुडल श्रेष्ठ सञ्जय कार्की, प्रशन्न श्रेष्ठ, साकिर अली अन्सारी रहेका छन ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : २५ बजे

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई

आजको मौसम : दिनभर साधारणतया बादल लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

राजविराज । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपिडी)

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही