२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अल नेपाल स्नुकर प्रतियोगितामा भाग लिने खेलाडीलाई बिदाई



बुटवल । पोखरामा हुने अल नेपाल खुल्ला स्नुकर प्रतियोगिताका लागि रुपन्देहीबाट सहभागी हुने खेलाडीलाई विहिबार एक कार्यक्रमका बीच शुभकामनासहित बिदाई गरिएको छ । बुटवलबाट प्रतियोगिताका लागि ६ जना खेलाडी सहभागी हुँदै छन् ।

रुपन्देही पुल तथा स्नुकर संघले उनीहरुलाई बिदाई गरेको हो । खेलाडी बिदाई कार्यक्रममा बोल्दै बुटवल नगर खेलकुद बिकास समितीका संयोजक बोनिन पियाले खेलाडीहरु खेलमा अनुशासित र लगनसिल हुनु जरुरी रहेको बताए । खेलकुदको पहिचान भनेको खेलप्रतिको लगनसिलता अनुशान भएकाले यसैलाई अंगीकार गर्दै आफ्नो खेल जीवनलाई अगाडि लैजान आग्रह गरे । बुटवल उपमहानगरले नगरभित्र हुने खेलकुदका हरेक गतिविधीमा हातेमालो गदै आएको बताउँदै संयोजक पियाले बुटवल उपमहानगरले खेलाडीको मनोबल बढाउन आर्थिक, भौतिकसँगै विभिन्नन विधाका खेलकुद प्रतियोगिताहरु समेत गदै आएको उल्लेख गरे ।

रुपन्देही पुल तथा स्नुकार संघका सल्लाहाकार सन्जयरत्न बजाचार्यले उत्कृष्ट प्रदर्शन गर्दै रुपन्देहीलाई खेल मार्फत चिनाउन आग्रह गरे । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले नेपालमा स्कुकर खेल तिब्ररुपमा बिकास भैरहेको बताउदै बिभीन्न ठाउँमा हुने प्रतियोगिताले यसको प्रचार-प्रसार सँगै खेलले व्यवसायीकता समेत प्रदान गरेको बताए ।

रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष सुजन पुनले पोखरामा माघ १३ गतेबाट हुन लागेको अल नेपाल खुल्ला प्रतियोगितामा भाग लिन रुपन्देही जिल्लाबाट ६ जना खेलाडी छनोट भएको जानकारी गराए । प्रतियोगितमा भागलिन शंकर खड्का, शिसिर गुरुङ, कुडल श्रेष्ठ सञ्जय कार्की, प्रशन्न श्रेष्ठ, साकिर अली अन्सारी रहेका छन ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : २५ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले