४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

चौरासी पूजाको खर्च राष्ट्रिय आविष्कार केन्द्रलाई



चितवन । यहाँका एक ज्येष्ठ नागरिकले चौरासी पूजामा लाग्ने खर्च राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् । भरतपुर महानगरपालिका–२ क्षेत्रपुर घर भएका खिमानन्द पौडेलले आफ्नो ८४ पूजामा गरिने खर्च आविस्कार केन्द्रलाई सहयोग गरेका हुन् ।

उनले रु तीन लाख ६५ हजार केन्द्रका सञ्चालक समितिका सदस्य हरि सिलवाललाई हस्तान्तरण गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न पौडेल परिवारले एक औपचारिक कार्यक्रम गरेको थियो । तामझाम र रूढिवादी संस्कृतिबाट टाढा हुनुपर्ने सन्देशसहित ८४ पूजाको खर्च केन्द्रलाई हस्तान्तरण गरिएको पौडेल परिवारले जनाएको छ ।

पौडेलले नयाँ खोज, अनुसन्धान र आविष्कारका लागि सहयोग होस् भनेर चौरासी पूजाको खर्च आविष्कार केन्द्रलाई प्रदान गरेको बताएका थिए ।

८४ वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै लेखक खगेन्द्र सङ्ग्रौलाले समय क्रमसँगै संस्कृतिप्रति सबै कालखण्डमा विश्वास नरहन सक्ने बताए । धर्म र संस्कृतिका नाममा परम्परादेखि चलिआएको अन्धविश्वास, विभेद, खर्चिलोपन, ढोङ, पाखण्डलाई मान्नुपर्छ भन्ने आवश्यकता नभएको उनले बताए ।

पौडेलका ज्वाइँ प्रेम रिमालले संस्कृतिलाई पच्छ्याउने नाममा पछौटेपनलाई अङ्गाल्नु नहुने भन्दै तडकभडक छाडेर यो कार्यक्रमको आयोजना गरिएको बताए ।

राष्ट्रिय आविष्कार केन्द्रका सिलवालले सामाजिक दबाब नपर्नेगरी सिर्जनशील काम गर्नु सामाजिक अन्वेषण रहेको बताए । यहाँबाट आएको सहयोगबाट केन्द्रले ऊर्जा प्राप्त गर्ने उनको भनाइ थियो ।

पौडेल परिवारले कार्यक्रममा आउनेलाई दक्षिणा, भेटी नल्याउन आग्रह गरेको थियो । कार्यक्रमस्थलमा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न दानपेटिका राखिएको थियो । त्यसमा सङ्कलन भएको रकम पनि सबै केन्द्रलाई प्रदान गरिएको थियो । सो अवसरमा पूर्वमन्त्री विक्रम पाण्डे, नेकपा एमालेका नेता विजय सुवेदी, नेकपा माओवादीका नेता रामचन्द्र अधिकारी, बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा, साहित्यकारहरु डिआर पोख्रेल, इन्द्रप्रसाद रेग्मीलगायतले पौडेल दम्पतीलाई शुभकामना दिदिएका थिए ।

पौडेलका छोरा सुदर्शन र बुहारी गायत्री पौडेलले चौरासी पूजाका अवसरमा बुबाआमालाई सम्मान गर्न पाएकामा खुसी व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  २ : ०१ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रिबजेट छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आइसिसी क्रिकेट विश्वकप लिग-२ : स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक

जेनजी आन्दोलनमा जलेका लालपुर्जाको श्रेष्ता कायम गर्न सास्ती खेप्दै सेवाग्राही

नेपालगन्ज । गत सालको भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा

विषादीको विकल्पमा ‘जैविक झोल’

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय