१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्न भन्सार प्रशासन उत्सुक नभएको अर्थमन्त्रीको आरोप



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

आज ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा यहाँ आयोजित एक कार्यक्रममा मन्त्री डा महतले विभिन्न प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड तथा असल अभ्यासको प्रयोग गर्दै अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ सबैको पहल आवश्यक रहेको औँल्याएका हुन् ।

“समग्र भन्सार प्रशासनलाई सुदृढ बनाई राजस्वको लक्ष्य हासिल व्यवसायको यथार्थ मूल्याङ्कनका आधारमा करको दायरमा ल्याउनुपर्छ । भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ केन्द्रित हुन आवश्यक छ”, मन्त्री महतले भने ।

मन्त्री महतले भन्सार क्षेत्रलाई प्रभावकारी बनाउन भन्सार प्रशासन नयाँ प्रविधि प्रयोग गर्न उत्सुक हुनुपर्नेमा जोड दिए । “भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्नेमा भन्सार प्रशासन उत्सुक नभएको पाइएको छ । त्यो प्रवृत्ति त्याग्नुपर्छ । मुख्य नाकामा प्रविधिको प्रयोग बढाउनुपर्छ ।” उनले अर्थतन्त्रलाई थप चलायमान बनाउन राजस्व प्रशासनलाई चुस्त बनाउन आवश्यक रहेकोमा जोड दिए । समयसापेक्ष नविनतम प्रविधिको प्रयोग गरी सदाचारिता र पारदर्शिता कायम गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सार क्षेत्रमा व्यावसायिक तथा प्रशासन इमान्दारिता आवश्यक रहेकोमा जोड दिए । साथै भन्सार प्रक्रियालाई अन्तर्राष्ट्रिय असल अभ्याससँग सामञ्जस्यता मिलाउन, भन्सार पूर्वाधारलाई सुधार गर्ने, पेपरलेस, फेसलेस र कन्ट्याकलेस कार्यप्रणाली अवलम्बनका लागि भन्सार तयार रहेको उनको भनाइ थियो ।

अर्थ मन्त्रालयका राजस्व सचिव डा रामप्रसाद घिमिरेले भन्सार प्रशासन राजस्व सङ्कलन गर्ने सामग्री मात्र नभई आन्तरिक तथा वैदेशिक व्यापारलाई मर्यादित एवं व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने माध्यम भएको बताए । उनले अन्तर्राष्ट्रिय असल अभ्यासलाई अनुशरण गर्दै भन्सार प्रशासनमा थप सुधारको खाँचो औल्याए ।

मन्त्रालयका अर्थसचिव डा कृष्णहरि पुष्करले मन्त्रालयले भन्सार प्रशासनको लगानीलाई प्राथमिकतामा राखेको बताए । साथै उनले निजी क्षेत्रको सहकार्यमा विभागले सुधार गर्दै आएको पनि उल्लेख गरे ।

विभागका पूर्वमहानिर्देशक टङ्कमणि शर्माले अन्तर्राष्ट्रिय सीमामा राज्य खडा हुने पहिलो स्थान भन्सार रहेकाले थप व्यवस्थित, नियमनसँगै सम्मानित र मर्यादित हुन आवश्यक रहेको औँल्याए ।

विभागका पूर्वमहानिर्देशक कृष्णहरि बास्कोटाले भन्सार प्रशासन निजी क्षेत्र मैत्री हुन आवश्यक रहेकोमा जोड दिँदै मुलुकभित्र प्रचुर सम्भावना भएको कृषि, जलविद्युत्, पर्यटनलगायतका आन्तरिक तथा बाह्य लगानी आकर्षित गरी मुलुकलाई आर्थिकरुपमा समुन्नत तुल्याउन आवश्यक रहेको जनाए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रशासनमा थप सुदृढीकरण गर्न समयसापेक्षअनुरुप समन्वयात्मक ढङ्गले अग्रसर हुनुपर्ने र सरकारी सेवा समयबद्ध रुपमा प्रवाह हुन आवश्यक रहेको औँल्याए । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले भन्सार प्रशासनको सुधार तथा आधुनिकीकरणमा प्रतिबद्ध रही चोरी पैठारी नियन्त्रण गर्न कडाइका साथ कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बताए ।

भन्सार दिवसका अवसरमा अर्थमन्त्री डा महतले विद्युतीय हस्ताक्षरको शुभारम्भ, भन्सार सङ्ग्रहालय उद्घाटन, ‘भन्सार स्मारिक’ पुस्तक विमोचन गरेका थिए । सोही अवसरमा विभागका पूर्वमहानिर्देशक शर्मालाई कदरपत्र प्रदान गरिएको थियो।

 

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  २ : ४१ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान