१२ श्रावण २०८१, शनिबार | July 27, 2024

राष्ट्रिय युवा संघ रुपन्देही र प्रेस चौतारी नेपाल, रुपन्देही बिच मैत्रीपूर्ण फुटसल सम्पन्न



बुटवल । राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला कमिटी, प्रचार प्रसार विभागको आयोजनामा शुक्रबार रुपन्देही मैत्रीपूर्ण फुटसल सम्पन्न भएको छ । स्वर्गिय परमानन्द खरेल स्मृतिमा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही र प्रेस चौतारी नेपाल, रुपन्देहीका बिचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । तिलोत्तमास्थित मोनालिसा फुटसल एरिनामा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलमा युवा संघ ४-३ गोलले विजयी भयो ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी, प्रचार प्रसार बिभाग प्रमुख दिपेस कंडेलले खेलमार्फत संस्थाहरु बिच भाईचारा र आत्मियता बढाउने गरि कार्यक्रम गरिएको बताए । युवाहरुलाई खेलमार्फत सामाजिक अभियानमा जोड्ने गरि विभिन्न कार्यक्रमहरु गर्न लागेको उनले बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेशका विभागिय ईन्चार्ज मोहन चापागाईंले खेलकुद हरेक वर्ग र उमेरका लागि उत्तिकै महत्वपूर्ण हुने भन्दै संघबाट रचनात्मक कार्य भएको बताए । मानिस स्वास्थ्य हुन, मनोरन्जन लिनमात्र नभई युवाहरुलाई आर्थिक आयआर्जन हुने गरि ब्यवसायिक बन्न पछिल्लोसमय खेल प्रमुख आर्कषणको विधा बनेको उनले बताए । नेपाल छोटोसमयमा क्रिकेट खेलबाट विश्वमा चिनिएको जिकिर गर्दै खेलकुदबाट रुपन्देही विश्वमा नै पहिचान बनाउन सफल भएको उनको दाबी छ ।

कार्यक्रममा प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेशका विभागिय ईन्चार्ज मोहन चापागाईं, राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटी सदस्य एवं रुपन्देही जिल्ला कमिटी ईन्चार्ज बुद्धिराज थापा, नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य एवं युवा ईन्चार्ज नकुल शाही, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय लेखा आयोग सदस्य ईश्वर न्यौपाने, राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी अध्यक्ष बिकासजंग बस्नेत, उपाध्यक्ष दिपक खड्गी, प्रेस युनियन नेपाल रुपन्देहीका सभापति कबिन्द्र नेपाल, बिभाग सचिब स्वस्तिक श्रेष्ठले प्रेस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल, प्रेस चौतारीको सल्लाहकार दिनेश पाण्डेलाई बोका उपहार प्रदान गरेका छन ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ६ : २२ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्