७ चैत्र २०८२, शनिबार | March 22, 2026

सिधनियामा व्यवस्थित दाहसंस्कार स्थल निर्माणको लागि ताते नागरिक अगुवा



नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ सिधनियास्थित राप्ती नदी किनारमा व्यवस्थित मशानघाट निर्माणका लागि नागरिक समाजका अगुवाले पहल अघि बढाएका छन् । नेपालगन्जबाट–७ किलोमिटरको दूरीमा रहेको सिधनियाघाटमा अन्तिम संस्कारका लागि विभिन्न कठिनाइ देखिएपछि व्यवस्थित मशानघाट निर्माणको लागि नागरिक अगुवाहरुले पहल अघि बढाएका हुन् ।

व्यवस्थित घाट र आवश्यक संरचना निर्माणका लागि लगातार स्थलगत अनुगमन र श्रोतको खोजी कार्य भैरहेको अधिबक्ता तथा नागरिक अगुवा विकास आचार्यले बताए । मानिस बाचुञ्जेल जे जस्तो गरेपनि उसको अन्तिम घर (दाहसंस्कार) जाँदा दुख कष्ट नहोस भन्ने किसिमले मानिसको अन्तिम घर बनाउन खोजिएको अधिबक्ता आचार्यले बताए ।

सिधनियाघाटमा दाहसंस्कारमा अहिले जारी समस्या हटाउनको लागि आफुहरु एकताबद्ध भएर लागिपरेको मानवअधिकारकर्मी भोला महतले बताए । राप्तीनदी किनारमा शवदाहस्थलसहित खानेपानी, विद्युत, आराम गर्ने हल, भलिबल कोर्ट, पार्क लगायतका संरचना निर्माणको योजनासहित जुटेको मानवअधिकारकर्मी महतले जानकारी दिए ।

राप्ती नदी किनारमा अन्तिम संस्कारका लागि पुग्नेहरू घामपानीको समयमा समस्यामा पर्नेगरेका छन् । यसैगरी बाढीको समयमा अन्तिम संस्कारका लागि उपयुक्त स्थान पाउन मुस्किल हुनेगरेको छ । अब्यवस्थित तरकिाले शवको दाह संस्कार गरिँदा अन्तिमकर्मका फोहरले नदी किनार प्रदुषित समेत हुँदै आएको छ ।

राप्तीपुल निर्माणसंगै पुलको उत्तरसाइडमा बन्ने शवगृहको लागि स्थानीय तह, प्रदेश र संघीय तहका दाताको सहयोगमा मात्र निर्माण कार्य सम्भव हुने अगुवाहरुको भनाई छ । सरकारी तहबाहेक दाताहरूले पनि सहयोगको प्रतिबद्धता जनाएपछि नागरिकस्तरबाट पहल अघि बढाइएको उनीहरुले जनाए ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ९ : ०९ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा