२९ मंसिर २०८२, सोमबार | December 15, 2025

जिपकाे ठक्करबाट बुवाको मृत्यु, छोरी गम्भीर घाइते



चितवन । भरतपुर महानगरपालिका–१६ शिबघाटमा बलेरोको ठक्करबाट बुवाको मृत्यु र छोरी गम्भीर घाइते भएकी छन् ।

शरणपुरबाट नारायणगढ आउदै गरेको बा.प्र.०३–००१ च ११९७ नं.को बलेरोले बा.प्र.०३–००३ प ८६२४ नं.को मोटसाइकललाई शनिबार बेलुका करिब साढे सात बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा सोही स्थान बस्ने ४१ वर्षिय मधुसुधन खत्री र उनकी छोरी १५ वर्षिय अपेक्षा खत्री गम्भीर घाइते भएको अवस्थामा नयाँ मेडिकल कलेजमा उपचारको लागि पठाइएको थियो । उपचारको क्रममा राती करिब साढे आठ बजे मोटरसाइकल चालक बुवा मधुसुधन खत्रीलाई डाक्टरले मृत घोषणा गरेको हो ।

छोरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । दुबै सवारी साधन र बलेरो चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ११ : ०१ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले