६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

सकियो महागुरु भूम्छोक एवम् मोन्लम पूजा



लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक  एवम् मोन्लम पूजा आइतबार सकिएको छ।

मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारणसहितको महागुरु भूम्छोक एवम् प्राणीधान मोन्लम पूजा गरिएको हो।

पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगतको भलाइका लागि प्रार्थना र  कामना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए। उनले आफू उपाध्यक्षको रुपमा आएपछि धार्मिक गतिविधिलाई बढावा दिन यसपटक रिपोन्छे, लामा गुरु, भिक्षु, आनीहरुको उपस्थितीमा पवित्र स्थल लुम्बिनीमा भूम्छोक र मोन्लम गरिएको बताए।

महागुरु बुमटस्क फर वर्ल्ड पिसको आयोजनामा सुरु भएको मोन्लम पूजामा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामा सहित प्रथम खान्डो छिरिङमा रिपोन्छे,  छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छेले विहिबारदेखि भूम्छोकमा सहभागी थिए।

यसका साथै रिपोछेहरु सहित विभिन्न गुम्बाहरुका लामा, आनी एकै ठाउँमा भेला भइ लगातार मन्त्रोच्चारण र पाठ गर्दा लुम्बिनी गुञ्जायमान भएको थियो।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ७ : ५६ बजे

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन