१९ बैशाख २०८१, बुधबार | May 1, 2024

प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै



काठमाडौं । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आज टियु मैदानमा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ७ खेलमा सबै खेल जितेर १४ अंकसहित शिर्ष स्थानमा रहेको छ र पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ ।

त्यस्तै त्रिभुवन आर्मी क्लब ८ खेलमा ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ र फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । त्यसैगरी बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अंकनै  हासिल गर्दै तेस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ९ खेलमा १२ अंकसहित चौथो स्थानमा रहेका छन् ।

त्यस्तै एपीएफ क्लब ७ खेलमा ८ अंकसहित पाँचौं स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ७ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर छैटौं स्थानमा रहेको छ । कर्णाली प्रदेश ८ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ ।

त्यसैगरी गण्डकी प्रदेशले ८ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ७ खेलमा एक जित र ६ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ३२ बजे

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

रियल म्याड्रिड र बायर्न म्युनिख २-२ को बराबरीमा रोकिए

काठमाडौं । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड

लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले

श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले श्रम र श्रमिकको सम्मान

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण