१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सुदूरपश्चिमका मन्त्री साउदविरूद्व उजुरी, ज्यान मार्ने धम्की दिएको आरोप



काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदविरुद्ध प्रहरीमा उजुरी परेको छ । बझाङ बुंगल नगरपालिका वडा नं १ निवासी धनबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा मन्त्री साउदविरुद्ध उजुरी हालेका हुन् ।

साउदलाई आफूले सापटी दिएको पैसा फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको उजुरीमा उल्लेख छ । ‘समस्या छ भनी रुपैयाँ ऋण सापटी मागी लिएका थिए ।

निजले दिने समय अवधि समाप्त भइसक्दा समेत मलाई रुपैयाँ नदिई रुपैयाँ फिर्ता माग्न खोज्दा अनेक वाहना पारी आलटाल गर्ने तथा उल्टै ज्यान मार्ने किसिमले धाक धम्की दिने गरेको हुँदा निजलाई झिकाई आवश्यक छलफल तथा मलाई ज्यान मार्ने धम्की दिएको हुँदा मेरो शान्ति सुरक्षा समेत गरी पाउन यो निवेदन पेश गरेको हुँ ।’ उजुरीमा भनिएको छ ।

यस विषयमा छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कूलदीप चन्दले जानकारी दिए ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १२ : ४१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा