१८ असार २०८३, बिहिबार | July 2, 2026

स्वर्गिय परमानन्द खरेल स्मृतिमा खुल्ला फुटसल प्रतियोगिता माघ १९ गतेदेखि सुरु



बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देही, प्रचार विभागको आयोजनामा खुला फुटसल प्रतियोगिता २०८० हुने भएको छ । स्वर्गिय परमानन्द खरेल स्मृतिमा माघ १९ र २० गते प्रतियोगिता आयोजना गरिएको हो ।

युवालाई खेलमार्फत अनुसासित, संगठित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको सबै तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरि प्रचार विभागका अध्यक्ष दिपेश कंडेलले बताए ।

राष्ट्रिय एकता सामाजिक सदभाव कायम गर्दै खेल जगतको संरक्षण, प्रवद्र्धन र विकासको लक्ष्यसहित संस्थागत रुपमा आफुहरु युवाको साथ लागेको बताए । प्रतियोगिताको प्रथम ४० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेतालाई नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडी नगद ३ हजार रुपैया, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई २५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । स्वर्गिय परमानन्द खरेल स्मृति प्रतिष्ठानका संरक्षण रेणुका खरेलबाट प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य भएको उनले बताए । राष्ट्रिय युवा संघको वार्षिक क्यालेन्डरमा राखेर प्रतियोगितालाई निरन्तर लिने गरि अघि बढ्ने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल, लुम्बिनी प्रदेश कमिटिका ईन्चार्ज केशव रोक्काले युवाहरुलाई एकतावद्घ गरि समाजमा सचेतना दिने गरि अघि बढ्ने कामलाई आफुहरुले जोड दिएको बताए । सरकारको पहुचमा नपुगेको क्षेत्रमा समेत पुगेर खेल गतिविधि गर्दै खेल र खेलाडीलाई ब्यवसायिक बनाउने गरि अघि बढेको उनले बताए ।

कार्यक्रममा स्वर्गिय परमानन्द खरेल स्मृति प्रतिष्ठानका संरक्षण रेणुका खरेलले खेलमार्फत समाजमा योगदान दिएका ब्यक्तिको परिचय दिने गरि महत्वपूर्ण कार्यक्रममा जोडिन पाउदा निक्कै खुशी लागेको बताईन । स्वर्गीय परमानन्द खरेलको योगदानलाई स्मरण गर्ने गरि प्रतिष्ठान स्थापना गरेर समुदायस्तरमा काम गर्दै आएको भन्दै अब खेल गतिविधिलाई समेत अघि बढाउने गरि कोष स्थापनामा जोड दिने बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही ईन्चार्ज बुद्धिराज थापा, केन्द्रीय सदस्य मनोज गौचन, युवा ईन्चार्ज नहकुल शाही, लेखाआयोग सदस्य ईश्वर न्यौपाने, जिल्ला अध्यक्ष विकास बस्नेत, उपाध्यक्ष दिपक खड्गी, सहसचिव नवराज मल्लले सम्भावना बोकेका युवाहरुलाई संगठित गरेर समुदायमा उदाहरणीय काममा लगाउन जरुरी रहेको बताए ।

कार्यक्रमको उद्घाटन पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट हुने खेल संयोजक शंकर पाण्डेले बताए । दुई दिनम्म संचालन हुने प्रतियोगितामा २ लाख २८ हजार रुपैया खर्च हुने अनुमान आयोजकको छ । तिलोत्तमा नगरपालिकास्थित मोनालिसा फुटसल एरिनामा हुने प्रतियोगितामा रुपन्देही सहित नवलपरासी, कपिलवस्तु र पाल्पाबाट २४ टिम सहभागी हुने उनले बताए।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ४ : ०९ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले