८ कार्तिक २०८३, आइतबार | October 25, 2026

बाँकेका विकास निर्माणमा लुम्बिनी प्रदेश शहरी विकास मन्त्री केसीको चासो



नेपालगन्ज । लुम्बिनी प्रदेस सरकारका शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले बाँकेमा रहेका विकास निर्माण सम्बद्ध कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग अन्तरक्रिया गरेकी छन् । उनले बाँकेमा संचालनमा रहेका विकास निर्माणको अवस्थाको बारेमा सम्बद्ध कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग अन्तरक्रिया गरेकी हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको संयोजनमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री केसीले अनतरक्रियाबाट बाँकेमा सञ्चालनमा रहेका विभिन्न सरकारी योजनाको बारेमा आफुले जानकारी लिने अवसर मिलेको बताईन । उनले जिल्लामा सञ्चालनमा रहेका विकासे योजना सम्पन्न गर्नको लागि प्रदेश सरकारका तर्फबाट आफ्नो पूर्ण सहयोग रहने आश्वासन दिँदै समयमै योजना सम्पन्न गर्न निर्देशन दिइन् । ‘विकासे योजना समयमै सम्पन्न गर्नको लागि तीब्र गतिमा लाग्नुहोला । केही असहजता भए त्यसको समाधान गर्नको लागि मैले आफ्नो तहबाट पहल गर्नेछु ।’ उनले भनिन् ।

लुम्बिनी प्रदेश शहरी विकास मन्त्री केसीले अन्तरक्रियामा उपस्थित सबै विकाससँग सम्बद्ध कार्यालयका प्रमुख तथा प्रतिनिधिलाई जनताले प्रत्यक्ष अनुभूती गर्ने गरी काम अघि बढाउन आग्रह गर्दै संघ, प्रदेश र स्थानीय योजना एक आपसमा नबाझिने गरी कार्यसम्पादन गर्न निर्देशन समेत दिईन् ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ४ : ४० बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको