१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बाँसबारीको जग्गालाई लिएर हाम्रो परिवारमाथि प्रतिशोध साँधियो : विनोद चौधरी



काठमाडौं। व्यवसायी अरुण चौधरी पक्राउबारे कांग्रेसभित्र छलफल भएको छ ।

सत्तासाझेदार दल कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ परेको विषयमा छलफल भएको हो ।

बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेको थियो ।

शुक्रबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन महिनाको अनुसन्धानपछि चौधरीलाई पक्राउ गरेको जनाए पनि बसेको कांग्रेस संसदीय दलको बैठकमा उनको पक्राउका विषयमा गम्भीर छलफल भएको हो ।

कांग्रेस सांसदसमेत सीजी ग्रुपका प्रमुख विनोद चौधरीले आफ्नो भाइ अरुण चौधरीको पक्राउबारे बैठकमा ब्रिफिङ गरेका छन् । सो क्रममा उनले आफ्नो परिवारमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै गुनासो गरेका छन् ।

बाँसबारी छालाजुत्ताको जग्गा सीजी होल्डिङले अनाधिकृत रुपमा कब्जा नगरेको बताउँदै उनले आफ्नो परिवारमाथि राजनीतिक प्रतिशोध साँधिएको विषयमा पार्टी र पार्टीका नेतासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले बोल्नुपर्ने बताए । साथै आफूले गलत भए कारबाही गर्नसमेत भन्दै उनले अन्यथा बिनाकसुर आफ्नो परिवारको बदनाम गर्न नपाइने बताए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ५ : ३९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान