३ भदौ २०८३, बुधबार | August 19, 2026

मुख्यमन्त्री कप भलिबल : गण्डकी र एपिएफले उपाधि जित्न खेल्दै



कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आज फाइनल खेल खेल्ने भएका छन् ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो । यस्तै त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले नै हराएर एपिएफ क्लबले फाइनलमा स्थान बनाएको हो । फाइनल खेल हुनुअघि आजै पुलिस क्लब र आर्मी क्लबबीच तेस्रो स्थानका लागि प्रतिस्प्रर्धा हुनेछ ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र कञ्चनपुर जिल्ला भलिबल सङ्घको व्यवस्थापन तथा समन्वयमा यही माघ १४ गतेदेखि महेन्द्रनगरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख र तृतीय हुने टोलीले रु एक लाख पुरस्कार प्राप्त गर्ने भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए । प्रतियोगितामा तीन विभागीय तथा सात प्रदेशका टोली सहभागी थिए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ८ : ३८ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार