५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते



बुटवल । अर्घाखाँचीको भूमिकास्थानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ को ढाकावाङ्गमा लु १ ज १६७९ नम्बरको देउराली यातायात अर्घाखाँचीको सवारी जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो ।

दुर्घटनामा भूमिकास्थान-२ मुलटंकिका अन्दाजी ३०/३२ बर्षका देवा बेल्वासे र सन्धिखर्क ३ खापडाडाका अन्दाजी ४०/४२ वर्षका डेमकला आचार्यको मृत्यु भएको तथा पणेना-१ का कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेल घाइते भएको अर्घाखाँची प्रहरी प्रमुख प्रतितसिंह राठौरले बताए । घाइतेको अवस्था सामान्य रहेको उनले बताए ।

शनिवार बिहान करिब ६ः३० बजे तिर ढाकावाङ्गबाट सन्धिखर्कका लागि छुटेको जिप चालकले इन्जिन बन्द नगरि न्युटलमा बीच बाटोमा छाडेर नजिकको पसलमा गएको बेला जिप आफै गुडेर सडकदेखि करिब २०० मिटर तल खसेको बताइएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १० : २८ बजे

नेपालको अन्तिम चुनौती आज, विश्वकपको समापन खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

दाङ । यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ

पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्यो, कर्मचारी घाइते

अर्घाखाँची । यहाँको मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा

पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका