२१ फाल्गुन २०८०, सोमबार | March 4, 2024

बुटवलमा सूरु भयो इहि र कयेता पूजा ( फोटो फिचर)



बुटवल । हरेक वर्ष बुटवलमा हुँदै आएको नेवाः कन्याहरुको इहि तथा बटुकहरुको कयेता पूजा प्रारम्भ भएको छ । नेवाः सेवा समितिको संयोजनमा आज(शनिबार) र भोलि (आइतबार) संचालन हुने इहि र कयेता पुजा बुटवल स्थित भूपु सैनिक मैदानमा प्रारम्भ भएको हो ।

यस वर्ष इहिका लागि बुटवल र यस आसपासका क्षेत्रबाट ६५  नेवाः कन्या र १५ नेवा: बटुकहरु सहभागी भएको समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले बताए । पूजा प्रारम्भ हुनु अघि इहि र कयेता पूजामा सहभागी कन्या, बटुक र अभिभावकहरु सहितको सहभागीतामा सांस्कृतिक र्याली निकालिएको छ । धिमेबाजा र नेवारी पोषाक सहित निस्केको र्याली देबीनगर, तिनकुने, मिलनचोक परिक्रमा गर्दै भुपु सैनीक मैदानमा पुगेर पूजा प्रारम्भ गरिएको छ ।

काठमाडौंबाट नेवाः पुरोहीत (राजोपाध्याय) र द्यो माँ बोलाएर गरिने नेवारी बिधि र परम्पराको इही र कयेता पूजा बिधि सम्मत बनाउन कुनै कसर बाँकी नराखिएको अध्यक्ष श्रेष्ठले बताए ।

इहीमा पहिलो रोहमा कजि कन्या एकजना, दोस्रो रोहमा पञ्च कन्या ५ जना, तेस्रो रोहमा ९ कन्या, चौथो रोहमा २१ कन्या र त्यस पछि सहभागी कन्याहरुलाई राखेर पूजाको ब्यवस्था मिलाइएको पूजा संयोजक लक्ष्मण श्रेष्ठले बताए ।

संयोजक श्रेष्ठका अनुसार कयेता पुजा भने भोलि आइतबार हुने छ ।

के हो इहि ?

नेवाः जातीमा बालिका रजश्वला हुनु अगाडी ‘इहि’ गराउने प्रचलन छ। “इ” भनेको नेपाल भाषामा समय हो र “हि” भनेको रगत हो अर्थात रगत देखा पर्नु अगाडी गर्नु पर्ने संस्कार नै इहि संस्कार हो ।

इहि गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी इहि गर्ने गर्ने बालिकाका बुवाले ईष्ट देवतासंग बिधिवत् रूपमा सम्बन्ध गास्ने काम गरेपछि यो इहि कार्य सम्पन्न हुने गर्दछ ।

नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ । । इहि संस्कार भएपछि विजोर वर्षमा बाह्र दिनसम्म बाह्रा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराइन्छ ।

यसरी गरिन्छ कयेता पूजा

नेवार समुदायको जन्मकर्मको १० संस्कार मध्य छोरी चेलीेको ‘इहि’ र बाह्रास् तथा छोराको बुसँखा र केयता पुजालाई जीवन संस्कारका रुपमा चिनिन्छ । छोरालाई गरिने बुँसँखा संस्कारलाई चुडाकर्म पनि भनिन्छ । बालकको शिरमा कपाल खौरेर शिखा ९टुप्पी, आङ्सा० मात्र बाकी राखि कान समेत छेड्ने कार्य समेत यस संस्कारमा हुन्छ । यस संस्कारमा बालकलो फूपू र मामाको अहम भूमिका हुन्छ ।

बुसँखा संस्कार पश्च्यात बालक नाबालाक अवस्था पार गरि आफ्नो जातिय समाज र पारिवारिक सद्स्यताको मान्यताको योग्यता प्राप्त गर्ने परम्परागत सामाजिक विस्वास रहि आएका देखिन्छ । यो संस्कारलाई गैह्र नेवाःहरु मुण्डन वा छेवर पनि भन्ने गर्दछन् । यो बुसँखाय संस्कार कसैले छुट्टै गर्ने गर्छन् भने धेरै जसोले सहजताका लागि कयेता पुजा कै दिन गर्ने गर्दछन् ।

फोटो सौजन्य : सन्तकुमार श्रेष्ठ

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ११ : ०६ बजे

ग्लोबल आइएमईका दुईवटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखा

कोटेश्वर पुगेर माधव नेपालको स्वास्थ्यलाभको कामना गरे प्रधानमन्त्री प्रचण्डले

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल

नेपालले भूटानलाई हरायो

काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई

कांग्रेसका मन्त्री धनराज गुरुङ्गले छाडे सरकारी निवास

काठमाडौं । प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले गठबन्धन छाडेर नेकपा एमालेसँग

शीतलनिवासमा नवनियुक्त ३ मन्त्रीको सपथ

काठमाडौं । नयाँ सत्ता समीकरण बनेपछि नियुक्त गरिएका नयाँ मन्त्रीहरुको