१५ भदौ २०८३, सोमबार | August 31, 2026

जातजातीहरुले मनाउने संस्कार, संस्कृति नै देशको पहिचान



बुटवल । नेपालका जातजातीहरुले मनाउने संस्कार, संस्कृति नै देशको पहिचान भएको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले जातजातीहरुले मनाउने संस्कार, संस्कृति जोगाउने गरि सबै नेपाली लाग्नुपर्ने जोड दिएका छन् । नेवा: देय् दबु तिलोत्तमा नगर समितिको दोस्रो वार्षिकोत्सव तथा प्रथम साधारण सभामा बोल्ने बक्ताहरुले विकासको सूचक भौतिक विकासमात्र नभई संस्कार, संस्कृति पनि भएको भन्दै यसलाई जोगाउने गरि अभियान थाल्न सम्बन्धित निकायलाई सुझाव दिए ।

कार्यक्रममा समितिका सदस्यबाट धिमे बाजा बजाएर तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए । उदघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले स्थानीय सरकार सबै जातजाती र समुदायको विकासमा सहयोग गर्दै आएको बताउँदै नगरभित्रका संस्थालाई सूचिकृत गरि प्रक्रियागत रुपमा बजेट बिनियोजन गरिदै आएको जानकारी दिए । भाषा, संस्कृति जगेर्ना गर्ने गरि तालिमहरु चलाउने र अन्तरक्रिया लगायत कार्यक्रम गरिदै आएको उनले बताए । लोपन्मुख नेवारी भाषा र संस्कृति संरक्षणसंगै पर्यटनको महत्वपुर्ण बन्न सक्ने सम्भावना रहेको उनले औंल्याए ।

कार्यक्रममा बोल्दै नेपाल आदीबासी जनजाती महासंघ, तिलोत्तमा नगरका वरिष्ठ उपाध्यक्ष प्रेम कनौजियाले आदीबासी जनजाती कला, संस्कार, संस्कृति जोगाउन अभियान चलाउदै आएको भन्दै यसमा स्थानीय सरकारबाट सहयोग भएको बताए। वार्षिक २० लाख रुपैया बजेट बिनियोजन हुदै आएकोमा पछिल्लोसमय बजेट न्युन रहेको उनले बताए ।

समितिका अध्यक्ष बिष्णु बहादुर श्रेष्ठले आर्थिक रुपमा सबल हुने गरि संस्थागत विकासमा आफुहरु लागेको जनाए । कला, संस्कार, भेषभुषा, संस्कृतिमा धनि जाति नेवारहरु हरेक क्षेत्रमा पहुच र प्रतिनिधित्वको आवाज उठाउने गरि संस्था गठन भएको उनले बताए ।

नेवाः देय् दबु लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष बाबुराम श्रेष्ठले नेपाल राज्यको ईतिहासलाई केलाउँदा नेवार समुदायको योगदान वर्णन पाइने गरेको भन्दै नेवाः समुदायको योगदानको सहि मुल्याकन नभएको दुखेसो गरे। उनले नेवारी भाषाको रन्जना लिपी नै अन्तराष्ट्रिय पहिचान बनाएको भन्दै हरेक क्षेत्रमा नेवार समुदाय पछि परेको बेला एकतावद्ध भई लाग्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेवा देय् दबु केन्द्रिय सदस्य लोकहरि श्रेष्ठ, चिरञ्जीवी श्रेष्ठ, जिल्ला अध्यक्ष रुद्रप्रसाद श्रेष्ठ समितिका वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर श्रेष्ठ, सचिव दिपेश कुमार अमात्य लगायतले विधि, नियम र कानुनमा रहेर संस्थागत रुपमा अघि बढ्नुपर्ने बताए । हाल रुपन्देहीमा नेवारी समुदायका २८ वटा खलगुठीहरु छन् भने तिलोत्तमा नगर समितिमा ६० घरधुरीहरु आवद्ध छन् ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ८ : ३० बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,