१६ भदौ २०८३, मंगलबार | September 1, 2026

सातु र सर्वत बितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया



बुटवल । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । नेवाः सेवा समिति बुटवलले अक्षय तृतीया तिथीका अवसरमा सर्वसाधारण बटुवालाई सातु र सर्बत खुवाएको छ । बुटवलको तिनकुने चोकमा स्टल राखेर नेवाः सेवा समितिले बटुवाहरुलाई सातु र सर्बत खुवाएको हो ।

आज बिहानै देखि सेवा समितिका पदाधिकारी र सदस्यहरुले सडकमा हिँड्ने बटुवाहरुलाई सातु र सर्वत वितरण गरिएको सेवा समितिका अध्यक्ष चिरन्जीवी श्रेष्ठले बताए । सडकमा हिँडेका ५ सय बढी बटुवालाई सातु र सर्वत वितरण गरिएको उनले बताए । नेपाली संस्कृतिको जगेर्ना गर्न र धर्मको रक्षा गर्दै परम्परा जोगाउन सातु र बितरण गरिएको उनले बताए ।

सातु र सर्वत बितरणका लागि बिहानैबाट सेवा समिति अन्तर्गत नेवा: महिला समितिका महिलाहरु नेवारी पोसाकमा वितरण स्थलमा भेला भएका थिए । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइन्छ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा अक्षय शुभ फल मिल्ने धार्मिक विश्वास छ ।

आजकै दिन दिन शिव-पार्वतीको विवाह भएको पनि मानिन्छ । त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ ।

यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ । चार धामहरूमध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथि कै दिन खोलिन्छ । भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनै पनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो ।

वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलबृद्धि हुन्छ । यस दिन जलले भरिएका कलश जूत्ता गाई भूमि स्वर्णपात्रको दान गर्नु पर्छ । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृ तर्पण गरिन्छ ।

दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्री मध्ये एक चिज लगाई सर्बत सँगै र जौको सातु दान गर्ने चलन छ । आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ११ : ४९ बजे

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ५६ जना पुग्यो, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त