४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

१७ औं मनमोहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता-२०८० भोलीबाट सुरु



बुटवल । १७ औं मनमोहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८० भोली माघ २२ गते बाट सुरु हुने भएको छ । वडामा लुकेर रहेका खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ आयोजना हुँदै आएको मनमोहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको १७ औं संस्करण भोलीबाट सुरु हुने भएको हो ।

राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिकाको आयोजना र बुटवल उपमहानगरपालिकाको संरक्षकत्व हुने प्रतियोगिताको टिम दर्ता, मैदान मर्मत लगायतको सबै तयारी पूरा भएको आईतबार पत्रकार सम्मेलन गरि युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका अध्यक्ष गणेश बोहराले जानकारी दिए । ‘यसवर्ष प्रतियोगिताको पुरस्कार राशि दोब्बर वृद्धि गरिएको उनले बताए । गतवर्ष ५० हजारबाट अहिले ११ हजार १ सय ११ रुपैया बनाईएको छ ।’- उनले भने । प्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, उपविजेता टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैया, कप, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, अनुसासित टिमलाई नगद ४ हजार ४ सय ४४ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रत्येक दिन म्यान अफ दी म्याचलाई १ हजार रुपैयाबाट पुरस्कृत गरिने छ ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल सचिवालय सदस्य तथा लुम्बिनी ईन्चार्ज केशव रोक्काले खेलकुदमार्फत युवाहरुलाई एकतावद्घ गरि नेतृत्व विकाससंगै सामाजिक कार्यमा अग्रसर गराउन युवा संघ विभिन्न गतिविधि चलाउदै आएको बताए । विसं २०५४ सालदेखि शुरुवात भएको प्रतियोगिताको आफ्नै ऐतिहासिक महत्व बोकेको रुपन्देही जिल्ला अध्यक्ष विकास जंग बस्नेतले बताए । प्रतियोगिता सम्पन्न गर्न बुटवल उपमहानगरपालिकाका ५ लाख रुपैया सहयोग भएको उनले बताए । कार्यक्रमको नेकपा एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरिबाट उद्घाटन गरिने उनले बताए ।

दिनगर स्थित सिद्धेश्वरी खेलमैदानमा हुने प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका १ नम्बर बाहेक १८ वटै टिम सहभागी हुने संयोजक अमृत भण्डारीले बताए । उद्घाटन खेल गतवर्षको विजेता टिम वडा नं १७ र वडा नं १० का बिचमा खेल हुने उनले बताए । माघ २२ गतेबाट संचालन हुने प्रतियोगिता सम्पन्न गर्न १० लाख २० हजार रुपैया खर्च हुने अनुमान रहेको छ ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला ईन्जार्ज बुद्धी थापा, रुपन्देही जिल्ला अध्यक्ष विकास जंग बस्नेत, पुर्वअध्यक्ष सुदर्शन खाम्चा, सचिव राजेन्द्र थापाले पारदर्शि हुने गरि प्रत्येक्ष टाईसिट सार्वजनिक गरे । प्रतियोगितामा गतवर्ष वडा नं १७ विजेता रहेको थियो ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १ : ४४ बजे

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको