११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

१७ औं मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगिता : वडा नं ७ फाईनलमा



बुटवल । बुटवलमा जारी १७ औं मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा वडा नं ७ फाईनलमा पुग्दै उपाधि दाबेदारी पेश गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा मंगलबार भएको पहिलो सेमीफाईनल खेलमा वडा नं ८ लाई ३-० गोल अन्तरले पराजित गर्दै वडा नं ७ फाईनलमा स्थान बनाएको हो ।

सिद्घेश्वरी खेलमैदानमा पहिलो हाफ निक्कै प्रतिस्प्रर्धात्मक भएको थियो । खेलमा ६० औं मिनेटमा वडा नं ७ को मोहन थापाले गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाए । यसैगरि खेलको ७२ औ र ७७ औ मिनेटमा आशिष राना र अनुप गुरुङले गोल गर्दै टिमको जित सुनिश्चित गरे । खेलमा वडा नं ७ का विशेष राना म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

बुधबार दोस्रो सेमीफाईनल खेलमा वडा नं ६ ले वडा नं १७ ले प्रतिस्प्रर्धा गर्ने राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका सचिव राजेन्द्र थापाले बताए । प्रप्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, उपविजेता टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैया, कप, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, अनुसासित टिमलाई नगद ४ हजार ४ सय ४४ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रत्येक दिन म्यान अफ दी म्याचलाई १ हजार रुपैयाबाट पुरस्कृत गरिने छ । खेलमा उपमहानगरका १८ टिमले भाग लिएका छन ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ६ : ३७ बजे

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम

चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो शुरु

बुटवल । चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो प्रतियोगिता २०८३