१२ श्रावण २०८१, शनिबार | July 27, 2024

१७ औं मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगिता : वडा नं ७ फाईनलमा



बुटवल । बुटवलमा जारी १७ औं मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा वडा नं ७ फाईनलमा पुग्दै उपाधि दाबेदारी पेश गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा मंगलबार भएको पहिलो सेमीफाईनल खेलमा वडा नं ८ लाई ३-० गोल अन्तरले पराजित गर्दै वडा नं ७ फाईनलमा स्थान बनाएको हो ।

सिद्घेश्वरी खेलमैदानमा पहिलो हाफ निक्कै प्रतिस्प्रर्धात्मक भएको थियो । खेलमा ६० औं मिनेटमा वडा नं ७ को मोहन थापाले गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाए । यसैगरि खेलको ७२ औ र ७७ औ मिनेटमा आशिष राना र अनुप गुरुङले गोल गर्दै टिमको जित सुनिश्चित गरे । खेलमा वडा नं ७ का विशेष राना म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

बुधबार दोस्रो सेमीफाईनल खेलमा वडा नं ६ ले वडा नं १७ ले प्रतिस्प्रर्धा गर्ने राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका सचिव राजेन्द्र थापाले बताए । प्रप्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, उपविजेता टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैया, कप, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, अनुसासित टिमलाई नगद ४ हजार ४ सय ४४ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रत्येक दिन म्यान अफ दी म्याचलाई १ हजार रुपैयाबाट पुरस्कृत गरिने छ । खेलमा उपमहानगरका १८ टिमले भाग लिएका छन ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ६ : ३७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान