२१ माघ २०८२, बुधबार | February 4, 2026

रोल्पाका विकट गाउँमा बिजुली बल्यो



रोल्पा । रोल्पाका दुई विकट गाउँमा बिजुली बलेको छ । सुनछहरी गाउँपालिका वडा नम्बर–३ र वडा नम्बर–४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको हो ।

३३ केजी प्रसारण लाइनमार्फत वितरण उक्त बिजुलीले दुवै गाउँमा गरी १ हजारभन्दा बढी घरमा विद्युत सेवा पुग्ने नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रले जनाएको छ । माओवादी केन्द्रका उप–महासचिव एवं पूर्वऊर्जामन्त्री वर्षमान पुन अनन्तले एक कार्यक्रमका बीच स्वीच दबाएर विद्युतीकरणको औपचारिक उदघाटन गरे ।

उदघाटनपछि बोल्दै उनले गाउँमा उज्यालोसँगै नयाँ विकास, नयाँ सभ्यता र नयाँ संस्कार आउने बताए । गाउँमा बिजुली आएसँगै दैनिक जनवीजनका धेरै काममा सहजता आउने तथा स्थानीय उद्योग स्थापना गर्न सकिने उनको भनाइ थियो । ‘यसअघि गाउँमा बाटो आयो, सहरको सामान सस्तोमा गाउँ आउन थाल्यो । गाउँमा उत्पादन भएका अन्न, तरकारी र फलफूल बजार जान थाले’, उनले भने, अहिले बिजुली आयो अब विद्यार्थीलाई टुकी बालेर पढ्नुपर्दैन । दाउरा वा ग्यासमा खाना पकाउनुपर्दैन अब बिजुलीबाटै खाना पकाउन सकिन्छ । घरमै मोबाइल चार्ज गरेर आफन्तसँग मज्जाले कुरा गर्न सकिन्छ ।’

पुनले राजनीतिककर्मी र राज्य सञ्चालनको भूमिकामा रहेकाहरुले साधन श्रोतको समुचित वितरणमार्फत देशका सबै क्षेत्रमा सन्तुलित र समानुपातिक विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । विकासका काममा अतिराजनीतिकरणको समस्या देखिएको भन्दै उनले दल र विचार फरक भए पनि विकासका काममा गाउँदेखि राष्ट्रिय स्तरसम्म समान धारणा र समझदारी हुनुपर्नेमा जोड दिए । ‘पार्टी फरक हुन सक्छ । विचार फरक हुन सक्छ । तर, विकासको फल सबैले पाउनुपर्छ । सबै पार्टी मिलेर आफ्नो ठाउँ देशकै विकास गर्नुपर्छ’, उनले भने, ‘गाउँमा विकास भएन भने माओवादी, काँग्रेस, एमाले सबैलाई असुविधा हुने हो । म माओवादीका तर्फबाट निर्वाचित सांसद हुँ । मेरो पहलमा भएको विकासको प्रतिफल जिल्लामा भएका सबै राजनीतिक दलका नेता कार्यकर्ता र मतदाताले निर्वाध उपयोग गर्ने भएकाले विकासका काममा राजनीति गर्नुहुँदैन । किनकी जति पनि सडक, बिजली, सञ्चार र खानेपानीका क्षेत्रमा काम भएका छन् ती सबै राज्यको श्रोतबाट भएका हुन ।’

पुनले आफू ऊर्जामन्त्री हुनुअघि जिल्लामा २० प्रतिशत मात्र विद्युतीकरण भएको उल्लेख गर्दै अहिले ८० प्रतिशत घरहरुमा विद्युतीकरण पुगेको बताए । बाँकी २० प्रतिशत घरहरुमा पनि आगामी डेढदेखि २ वर्षभित्र बिजलुी पु¥याउने लक्ष्यका साथ काम भइरहेको जानकारी उनले दिए ।

नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख अषेश्वर साहले रोल्पामा विद्युतीकरणको काम तीव्र गतिमा भएको बताए । एसिएन इन्फ्रा स्टक्चर बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकका दुई आयोजनामार्फत जिल्लाका सुनछहरी, लुंग्री, सुनिल स्मति, थवाङ, गंगादेव र परिवर्तन गाउँपालिका तथा रोल्पा नगरपालिकाका विभिन्न वडाहरुमा विद्युतीकरणको प्रक्रिया अघि बढेको उनले जानकारी दिए । केही महिनाको बीचमा लुंग्री गाउँपालिकाको वडा नम्बर–१, रुण्टीगढी गाउँपालिकाको वडा नम्बर १ र ८, थवाङ गाउँपालिकाको वडा नम्बर–३, गंगादेव गाउँपालिकाको वडा नम्बर– १ र ३ माडी गाउँपालिकाको वडा नम्बर–१ र २, त्रिवेणी गाउँपाकिलाको वडा नम्बर– ६ मा बिजुली बालिएको जानकारी साहले दिए ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ११ : ०३ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको