३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

गैँडाको आक्रमणबाट नवलपुरमा बाख्रा चराउन गएकी महिला घाइते



नवलपरासी । गैँडाको आक्रमणमा परि पूर्वी नवलपरासीमा एक जना महिला घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज दिउँसो साढे २ बजेतिर देवचुली १० पृथ्वीनगर लोकाहा खोला किनारमा देवचुली-१० पृथ्वीनगरकी ६० बर्षीया महिला ठगिसरा सुनारी मगरलाई गैँडाले आक्रमण गरेको हो ।

उनी बाख्रा चराउन जंगल गएको बेला गैँडाले आक्रमण गरेको हो । उनको ढाड, बाँया गाला, दाँया खुट्टा र दुवै पाखुरामा चोट लागेको छ । घाइते सुनारी मगरको अवस्था मध्यम रहेको र उनको दलदले स्थित देवचुली अस्पतालमा उपचार भईरहेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको र उक्त वन क्षेत्रमा प्रहरी टोली वन कार्यालयका कर्मचारी खटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ४ : ४५ बजे

सुनको मुल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्यले नयाँ किर्तिमान कायम

संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित

भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार

भक्तपुर । भक्तपुर अस्पतालले पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क उपचार

संसद्को अवरोध हटाउने प्रयास जारी, बैठक बस्न ढिलो हुने

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्न ढिला हुने भएको छ । प्रमुख

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध, बैठक स्थगित

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको