१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमाले महोत्तरी अधिवेशन : सहमति हुन नसकेपछि चुनावी प्रक्रिया सुरू



महोत्तरी। नेकपा एमालेको महोत्तरी जिल्ला अधिवेशन सहमतिमा हुन नसकेपछि निर्वाचन प्रक्रियाअगाडि बढाइएको छ । पछिल्लो डेढ दशकयता तदर्थ समितिको भरमा चल्दै आएको एमालेको छैटौँ अधिवेशन सहमतिमा हुन नसकेपछि २ वटा प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

माघ २२ गतेबाट सुरु भएको अधिवेशन सहमतिमा गर्नुपर्ने शीर्ष नेताहरुले जोड दिए पनि चुनावी प्रतिस्पर्धा गर्नुपर्ने माहोल सिर्जना भएको निवर्तमान अध्यक्ष कालिचरण साहले जानकारी दिए । अहिले बलिराम यादव र शिवचन्द्र सिंहको प्यानल चुनावी प्रतिस्पर्धामा होमिएको छ, जसमा दुईवटा गुटले यादव र सिंहलाई साथ दिएका छन् ।

एमाले महोत्तरीका नेताहरुका अनुसार रामदयाल मण्डल, जुलि महतो, रघुवीर महासेठसहितको एउटा गुटले शिवचन्द्र सिंहलाई र सरोज यादवको अर्को गुटले बलिराम यादवलाई साथ दिएको छ ।

एमाले महोत्तरीमा यसअघि निर्धारण भएको अधिवेशनहरु सरोज यादव र रामदयाल मण्डलकै कारण स्थगित भएको थियो ।

दर्जनौँपटक कहिले आन्तरिक कलह त कहिले नेताहरुको निजी स्वार्थको कारण विवादित बन्दै आएको अधिवेशन अहिले भने मनोनयन दर्ता भएसँगै नेता कार्यकर्ताहरूमा उत्साह देखिएको छ ।

खुलासत्रमा अध्यक्ष केपी सर्मा ओलीले अधिवेशन सहमतिमा नै हुने विस्वास व्यक्त गरेका थिए । तर, तल्लो तहको नेता, कार्यकर्ताहरुको लोकतान्त्रिक प्रक्रियाप्रतिको निष्ठाले महोत्तरी मात्र हैन अन्य जिल्लामा समेत प्रतिरोध हुँदै आएको देखिएको छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ३ : १६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान