२९ असार २०८३, सोमबार | July 13, 2026

प्रदेशसभाको हिउँदे अविधेशन आह्वान नहुँदा असन्तुष्टि



मकवानपुर । चार महिनादेखि प्रदेश सभा बैठक बस्न नसकेको भन्दै बागमती प्रदेश सभाका सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् । गत असोज २२ गते दुई वटा विधेयक पास गरेपछि स्थगित भएको बागमती प्रदेश सभा बैठक चार महिना हुन लाग्दा पनि सञ्चालन हुन सकेको छैन ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले विज्ञप्ति गर्दै हिउँद सकिन लाग्दा पनि हिउँदे अधिवेशन आह्वान नभएकोमा असन्तुष्टि जनाएका छन् । पहिलो कार्यकालमा ४३ वटा मुल ऐन बनाएको प्रदेश सभाको दोस्रो कार्यकालको सन्तोषजनक नभएको उनको भनाइ छ ।

प्रदेश सरकार सञ्चालन गर्न कम्तीमा सय वटा ऐन आवश्यक पर्ने पहिचान भएकोमा हालसम्म ४६ वटा मात्र ऐन बनेको थपलियाले बताए । दोस्रो कार्यकालको एक वर्ष बितिसक्दा प्रदेश सभाको जम्मा ५६ वटा बैठक बसेको छ । थपलियाले भने, ‘ऐन निर्माणमा सन्तोषजनक काम हुन सकेको छैन । आर्थिक वर्षको दोस्रो चौमासिक पूरा हुन लाग्दा पनि हालसम्म सरकारले नौ प्रतिशतभन्दा बढी विकास बजेट खर्च गर्न सकेको छैन ।’

राप्रपाका संसदीय दलका नेता उद्धव थापाले पनि सरकारले सरकारले यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको बताए । उनले भने, ‘सरकारले प्रतिपक्षीलाई दोष देखाएर अगाडि बढ्न खोजिरहेको छ ।’

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ८ : ०० बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले