३ पुस २०८२, बिहिबार | December 19, 2025

एमाले दोलखाको अध्यक्षमा पुनः नरबहादुर श्रेष्ठ



दोलखा । नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । नेकपा एमाले दोलखाको बिहीबार सम्पन्न १०औं अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनबाट श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन् ।

उनले ३३३ मत प्राप्त गरेका छन भने अध्यक्षका अन्य दुई उम्मेदवार ईश्वरचन्द्र पोखरेलले २३८ र भरत दुलालले ३८ मत प्राप्त गरे। यो श्रेष्ठको दोस्रो कार्यकाल हो । उनी नवौंं अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए ।

यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धर विजयी भए । मानन्धर ३३६ मतसहित विजयी भएका हुन् । उपाध्यक्षका अर्का प्रतिस्पर्धी हिरा थोकरले २६३ मत पाए ।

यस्तै सचिवमा स्वयमवहादुर खड्का ३०४ मत प्राप्त गरी विजयी भए । सचिवका अर्का उम्मेदवार कृष्ण बस्नेतले २८४ मत प्राप्त गरे । यस्तै उपसचिवमा हरि ओली र कमला बस्नेत निर्वाचित भए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ८ : ३२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको