४ भदौ २०८३, बिहिबार | August 20, 2026

एमाले दोलखाको अध्यक्षमा पुनः नरबहादुर श्रेष्ठ



दोलखा । नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । नेकपा एमाले दोलखाको बिहीबार सम्पन्न १०औं अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनबाट श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन् ।

उनले ३३३ मत प्राप्त गरेका छन भने अध्यक्षका अन्य दुई उम्मेदवार ईश्वरचन्द्र पोखरेलले २३८ र भरत दुलालले ३८ मत प्राप्त गरे। यो श्रेष्ठको दोस्रो कार्यकाल हो । उनी नवौंं अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए ।

यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धर विजयी भए । मानन्धर ३३६ मतसहित विजयी भएका हुन् । उपाध्यक्षका अर्का प्रतिस्पर्धी हिरा थोकरले २६३ मत पाए ।

यस्तै सचिवमा स्वयमवहादुर खड्का ३०४ मत प्राप्त गरी विजयी भए । सचिवका अर्का उम्मेदवार कृष्ण बस्नेतले २८४ मत प्राप्त गरे । यस्तै उपसचिवमा हरि ओली र कमला बस्नेत निर्वाचित भए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ८ : ३२ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक

घोराहीमा ट्याक्टर र अटो ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई