२९ माघ २०८२, बिहिबार | February 13, 2026

छोरी-बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय



इलाम । सूर्योदय नगरपालिका-१ धजेकी सुजता बजगाईंलाई विसं २०७४ मा कक्षा १२ उत्तीर्ण गरेपछि स्नातक तहको अध्ययन कसरी गर्ने भन्ने चिन्ता थियो । उनको चिन्ता नगरपालिकाले बुझिदियो र निःशुल्क पढाइदियो ।

गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी सुजता ‘नगरको इच्छा छोरी-बुहारीलाई शिक्षा’ कार्यक्रम अन्तर्गत पालिकाको शतप्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण भइन् । हाल उनी स्नात्तकोत्तर तहमा अध्ययनरत छिन् ।

‘परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा धेरैलाई समस्या छ,’ सुजताका बुवा प्रेम बजगाईंले भने, ‘हाम्रो नगरपालिकाले छोरी-बुहारीलाई स्नातक पढाइरहेको छ । पैसाको अभावमा पढाइ छोड्नुपर्ने, पढाइ छाडेकै कारण कम उमेरमा विवाह हुने जस्ता समस्याबाट मुक्त बनाउन पालिकाको यो काम उदाहरणीय लाग्छ ।’

सूर्योदय नगरपालिकाले सो कार्यक्रमअन्तर्गत कर्फोक क्याम्पसमा शतप्रतिशत छात्रवृत्ति दिएर छोरी-बुहारीलाई पढाउन थालेको चार वर्ष भयो । उक्त छात्रवृत्ति कार्यक्रममार्फत अहिलेसम्म एक सय ५३ छोरी-बुहारीले स्नातक अध्ययन गरिसकेका छन् । तीमध्ये २३ जनाले उत्तीर्ण गरेको सो क्याम्पसका प्रमुख गोपाल कट्टेलले जानकारी दिए । यस वर्ष यहाँ छात्रवृत्तिमा अध्ययन गर्ने छोरी-बुहारीको सङ्ख्या करिब दुई सय छ ।

नगरपालिकाभित्रका छोरी र यहाँ विवाह भएर आएका बुहारीलाई पालिकाले छात्रवृत्तिमा स्नातक अध्ययन गराइरहेको नगरप्रमुख रणबहादुर राईले बताए । हामीले स्नातक गरिसकेका विद्यार्थीलाई रोजगारी पनि दिँदैछौं ।

नगरप्रमुख राईले भने, ‘विद्यार्थीले पढेको सङ्काय, विषय र उनीहरूको योग्यताअनुसार विभिन्न काममा एक सय दिनको रोजगारी दिँदैछौँ ।’ नगरपालिकाले नगरबाट छात्रवृत्तिमा अध्ययन गरेका ‘छोरी-बुहारी’ लाई एक सय दिनको रोजगारी दिने तयारी गरेको हो ।

छोटो समयका लागि भएपनि छात्रवृत्तिमा उत्तीर्ण भएका महिलालाई प्रोत्साहन स्वरुप रोजगारी दिन लागिएको राईले बताए । उनीहरूलाई थप सिकाइ र क्षमता प्रस्फुटनमा एक सय दिनको रोजगारी सहयोगी बन्ने उनको भनाइ छ ।

उच्च शिक्षा अध्ययन गर्न नपाउँदै विवाह हुने र त्यसपछि शिक्षा लिने अवसरबाट वञ्चित नहोउन भन्ने उद्देश्यले उक्त कार्यक्रम सुरुआत गरिएको नगरप्रमुख राईले बताए । ‘बुहारीलाई पनि पढाउनुपर्छ भन्ने सोच विकास गर्न नगरले यो कार्यक्रम ल्याएको हो,’ उनले भने , ‘छात्रवृत्तिमा अध्ययन गरेका छोरी-बुहारीलाई थप प्रोत्साहन गर्न र उनीहरूका माध्यमबाट अरू छोरी-बुहारीलाई पनि पढाइमा हौसला थप्न रोजगारीको कार्यक्रम ल्याइएको हो ।’

नगरका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले योग्यताअनुसार रोजगारी दिइने बताए । ‘कलेजमा पढेको विषयसँग सम्बन्धित मात्र होइन, जोसँग जे क्षमता छ, त्यसैअनुसार काम विभाजन हुनेछ,’ उनले भने, ‘यसको कार्यविधि बन्न बाँकी छ तर इच्छुक विद्यार्थीका लागि आवेदन माग गरी सूचना जारी गरिसकिएको छ ।’

नगरबाट छात्रवृत्ति पाएका महिलाले करफोक क्याम्पसमा विभिन्न सङ्काय र विषय अध्ययन गरिरहेका छन् । क्याम्पस प्रमुख कट्टेलले नगरको छात्रवृत्ति कार्यक्रमले दूरदराजका छोरी-बुहारी लाभान्वित भएको बताए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ९ : १० बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक