२ चैत्र २०८२, सोमबार | March 16, 2026

चाडपर्व संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउँछ : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा सबै समुदायले आफ्ना मौलिक परम्परागत चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष नेपालले सोनाम ल्होसारका अवसरमा आज शुभकामना दिँदै विभिन्न जातजातिका समुदायले परम्परागत रुपमा मनाउँदै आएको पर्व संस्कृतिको जगेर्नाबाट समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताए । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता रहेको नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी मुलुकमा एकापसमा पारस्पारिक सम्मान, सह अस्तित्व, सद्भाव र एकताको भावनालाई स्थापित गर्ने उनले विश्वास व्यक्त गरेका छन् । मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका चाडपर्व, भाषा, साहित्य, कला, संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउने अध्यक्ष नेपालले उल्लेख गरे ।

समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतिलाई अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने अध्यक्ष नेपालको शुभकामना सन्देशमा उल्लेख छ । सामाजिक एकता अभिवृद्धि, राष्ट्रिय एकतालाई बलियो बनाउने यस्ता चाडपर्वले परम्परागत मौलिक पक्षका साथै राष्ट्रको गौरव बढाउने भएकाले सबै समुदायका सांस्कृतिक पहिचानको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : ४८ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन