४ पुस २०८२, शुक्रबार | December 19, 2025

एघारौँ दीप गायन तारा फागुन ४ र ५ गते



बुटवल । बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले एघारौँ दीप गायन तारा प्रतियोगिता गर्ने भएको छ ।

विद्यालयले आज पत्रकार सम्मेलन गरी आउँदो फागुन ४ र ५ गते रुपन्देही क्षेत्र भित्रका माध्यमिक विद्यालयका कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरू सहभागी हुन पाउने गरी प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले प्रतियोगितामा सहभागिताका लागि १६६ वटा विद्यालयमा पत्राचार गरिएको र सामाजिक सञ्जाल तथा पत्रपत्रिका, रेडियो एवम् अनलाइन मार्फत् रुपन्देहीका विद्यालयहरूलाई सूचना सम्प्रेषित गरिएको बताए भने प्रतियोगितामा ५५ भन्दा बढी विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा रहेको बताए । त्यसैगरी दीप गायन तारा प्रतियोगिताको एघारौँ संस्करणका संयोजक बालकृष्ण पाठकले उपस्थित पत्रकारहरूलाई धन्यवाद ज्ञापन गर्दै दीप गायन तारा प्रतियोगिताका गतिविधिलाई छापा, मिडिया तथा अनलाइनमार्फत् समाचार प्रकाशन तथा प्रसारण गरिदिन अनुरोध गरेका थिए ।

प्रतियागितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई/दुई हजारका साथ सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको अध्यक्षता, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, वि.व्य.समिति सदस्य वसन्तकुमार जोशी, कार्यक्रम सहसंयोजक श्याम बस्याल, प्रचार प्रसार उपसमिति संयोजक दिपक चन्द्र भुसाल लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमकोे सञ्चालन पुरुषोत्तम पाण्डेयले गरेका थिए भने कार्यक्रम मूल आयोजक समितिका सदस्यहरू कृष्ण भुसाल, विजया थापा, विजय सापकोटा, रेखा आचार्य, विन्देश्वर शाहलगायतले सहजीकरण गरेका थिए ।

यस प्रतियोगितामा हालसम्म अस्मिता चापागाई, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य र विवेक पङ्गेनी गरी जम्मा १० जनाप्रतियोगी विद्यार्थी दीप गायन तारा बनेका छन् भने यस प्रतियोगिताका कतिपय विजेताहरूले हाल राष्ट्रिय कलाकारिताको क्षेत्रमा ख्याति कमाएका छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : ०६ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता