२७ बैशाख २०८१, बिहिबार | May 10, 2024

रिदिमा सिंजाली बनिन् एघारौँ दीप गायन तारा



बुटवल । रुपन्देहीको बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित एघारौँ अन्तर मा. वि. दीप गायन तारा प्रतियोगतामा रिदिमा सिंजाली मगर दीप गायन तारा बनेकी छन् । उनी न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलकी छात्रा हुन् ।

रुपन्देही जिल्लाका कक्षा १२ सम्म अध्ययन गर्ने विभिन्न विद्यालयका ४४ जनाप्रतियोगीहरूलाई पछि पार्दै उनी दीप गायन तारा बन्न सफल भएका हुन् । प्रतियोगिताको छनोट चरणमा फागुन ४ गते ४५ जना प्रतिस्पर्धीहरूले विना ट्रयाक गीत प्रस्तुत गरेका थिए भने उक्त प्रतिस्पर्धाबाट २० जना प्रतियोगीहरू अन्तिम प्रतिस्पर्धाका निम्ति छनोट भएका थिए । प्रतियोगिताको अन्तिम चरणमा प्रतियोगीहरूले ट्रयाकसहित गीत प्रस्तुत गरेका थिए ।

जस मध्ये ग्रीन प्लान्ट बोर्डिङ सेकेन्डरी स्कुलका विशेष भुर्तेल द्वितीय, अक्सफोर्ड मा.वि.की दीक्षा कुँवर तृतीय, स्कलर्स होम बोर्डिङ सेकेन्डरी स्कुलकी रेनुका सुनार र इन्टेलेक्चुअल एकेडेमीकी निहारिका ढुङ्गानाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियागितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले दीप गायन तारा प्रतियोगिता जिल्लाकै नमुना कार्यक्रम रहेको र यस कार्यक्रमले राष्ट्रिय कलाकार जन्माउने प्लेट फम प्रदान गरेकोमा प्रशंसा प्रदान गर्दै पठनपाठनका सन्दर्भमा अभिभावकको मन जित्न सफल भएकोमा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र शिक्षकहरूलाई धन्यवाद दिइन ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले दीप बोर्डिङले विद्यार्थीको गायन प्रतिभा प्रस्फुटन गर्न दीप गायन तारा प्रतियोगिता निरन्तर रुपमा एघारौँ वर्षसम्म सञ्चालन गरिरहेकोमा प्रशंसा गर्दै आगामी दिनमा यस विद्यालयले यस्तै थप रचनात्मक कार्यक्रम गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको प्रमुख आतिथ्यता, राष्ट्रिय परीक्षाबोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीको विशिष्ट आतिथ्यता, शाखा अधिकृत बाबुराम भण्डारी, समाजसेवी वेद प्रसाद पन्थ, सयपत्री क्याम्पस कपिलवस्तुका क्याम्पस प्रमुख वासु घिमिरे, विद्यालयका प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, विष्णुमाया श्रेष्ठ, लेखाप्रमुख रेखा श्रेष्ठ लगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा सङ्गीतकार नारायण थापा, गायक वसन्तश्रेष्ठ, सङ्गीतकार मनोज खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने प्राचार्य टीकाराम न्यौपानेले स्वागत मन्तव्य, कार्यक्रम संयोजक बालकृष्ण पाठकले धन्यवाद मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय र विजय सापकोटाले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा विद्यालयको दीप सांस्कृतिक परिवारका विद्यार्थीहरूले विद्यालय गीत, गरुवन्दना तथा नृत्य प्रस्तुत गरेका थिए । मुलुकको गीत सङ्गीतको क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले विद्यालय स्तरबाटै क्षमतावान् गायक गायिका उत्पादन गर्न दीप बोर्डिङले हरेक वर्ष दीप गायन तारा प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ८ : २१ बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको