१८ पुस २०८२, शुक्रबार | January 2, 2026

फोटो पत्रकार वन्तको अध्यक्षतामा गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन



काठमाडौं । गोरखा घरभइ काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज भएको अधिवेशनले पत्रकार प्रदिपराज वन्तको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोविता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन् ।

यस्तै सुदिप कैनी, लिलाधर कोइराला, राधा रोकाहा, उत्सव वि.क तथा मोहसिन अलि मिया कार्यसमिति सदस्य चयन भएका छन् । आजको अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिए ।

नव निर्वाचित कार्यसमितिको आजै बसेको बैठकले वरिष्ठ पत्रकारहरू रामजी दाहाल, खीलाबहादुर भण्डारी तथा सुसिल अर्याललाई पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यस्तै आजको बैठकले गोर्खाली पत्रकारहरुको क्षमता अभिवृद्धीका लागि गम्भिर रूपमा लाग्ने तथा गोरखाका सुन्दर पर्यटकीय क्षेत्रहरुको उजागर गर्नको लागि मद्दत गर्ने निर्णय गरेको छ ।

यसअघि कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वरिष्ठ पत्रकार दाहालले एकताबद्ध  भएर काम गर्न सके सस्थाले गोर्खाका पत्रकारहरूको लागि धेरै योगदान पुर्‍याउन सक्ने धारणा राखेका थिए ।

अर्का वरिष्ठ पत्रकार सुसिल अर्यालले गोर्खाली पत्रकारहरुले गोरखाका ऐतिहासिक, सास्कृतीक पहिचान स्थापित हुने खालका समाचारहरु खोज्ने तथा लेख्नुपर्नेमा जोड दिए ।

गोरखाका अग्रज पत्रकारहरू बद्री पोखरेल, भरत ढकाल, बिबेक रेग्मी, अमृत दाहाललगायतले गोरखाको समग्र बिकास र गोरखाका पत्रकारहरुको क्षमता अभिवृद्धीमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ६ : ०६ बजे

कैदी आममाफीका लागि कतार सरकारप्रति नेपालद्वारा कृतज्ञता

काठमाडौँ । कतार सरकारले त्यहाँ कैद १३ नेपाली नागरिकलाई आममाफी

नारायणगढ-गैँडाकोट आइकोनिक केबल-स्टेड पुल निर्माणले लियो गति

नारायणगढ । नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त

गुल्मीको मालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

पोखरा । सन् २०२५ दुई लाख ९९ हजार आठ सय