२९ माघ २०८२, बिहिबार | February 12, 2026

समृद्ध नेपालको बाधक वर्तमान सरकार : प्रदीप ज्ञवाली



काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले समृद्ध नेपाल सुखी नेपालीको महान लक्ष्य पुरा हुन नदिने प्रमुख शत्रु वर्तमान गठबन्धन सरकार रहेको आरोप लगाएका छन्।

कर्णाली प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेनशको काठमाडौंमा उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले सत्ता र कुर्सीका लागि जे पनि सम्झौता गर्ने प्रचण्ड नेतृत्वको सरकारकै असफलताका कारण देशका हरेक क्षेत्रमा निराशा बढ्दै गएको अरोप लगाए।

‘चालु आर्थिक वर्षको श्रवाणदेखि आन्तरिक ऋण लिएर कर्मचारीलाई तलब खुवाउन थालेको सरकारले अहिलेसम्म १ खर्ब ४७ अर्ब आन्तरिक ऋण निकालिसकेको छ । आर्थिक, कुटनीतिक, सुशासन कायम गर्ने, नागरिकमा आशा जगाउने, रोजगारी सृजना गर्नेदेखि बहुआयामीक क्षेत्रमा गठबन्धन सरकार असफल बन्दै गएको छ,’ उनले भने, ‘यसरी फेरी पनि प्रचण्डजी कुर्सीमा टाँसिएरमात्रै बस्ने हो भने देश थप बर्बादिमा जाने बाहेक कुनै उपलब्धी देखिँदैन।’

अहिलेको सरकारले कर्णालीमा ‘विकास किन्ने’ र ‘विकास खाने’ दुईवटा शब्द थप्ने बाहेक अरु केही उपलब्धी हाँसिल नभएको उनले बताए। प्राकृतीक सम्पदाको खानीका रूपमा रहेको कर्णालीलाई समृद्ध बनाउन के गर्ने भन्ने बहस गर्नुपर्ने बेला आएको उनले बताए।

नेता ज्ञावलीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकाले कर्णालीको हिल्सालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गर्ने, कर्णाली कोरिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा बढाउने काम गरेको दाबी गरे।

‘जलस्रोतको अपार जलभण्डारको रुपमा रहेको कर्णालीको अप्पर कर्णालीको जिम्मा लिएको भारतको जिएमआरले गएको १५ वर्ष आयोजना होल्ड गरेर राखेकै समयमा कुनै काम नहुँदै, परियोजनाको एउटा चपरी पनि नउठाउँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका बेला सत्ता लम्ब्याउन फुकोट कर्णालीको जिम्मा समेत लगाउनु भएको छ। कर्णालीलाई कसरीमाथि उठाउने हो भन्ने एजेण्डा यो सरकारको प्राथमिकतामा छैन। त्यसैले पनि कर्णालीको समग्र विकासका लागि एमालेको विकल्प छैन्,’ उपमहासचिव ज्ञवालीले भने।

कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्यद्धय मोहन बानियाँ, भैरवसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य निरज आचार्य, छक्कबहादुर लामा, नगेन्द्र शाही (नेशनल), दल रावल, कल्पना थापालगायतका नेताहरूले सम्वोधन गरेका थिए।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : ०५ बजे

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक

चक्कु प्रहार गरेर किशोरको हत्या

दैलेख । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक