२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देहीमा बस्ने तामाङ समुदायले धुमधामसँग मनाए सोनाम ल्होसार



बुटवल । २८६० औ सोनाम ल्होसार (नयाँवर्ष) लाई रुपन्देहीमा बसोबास गर्दै आएका तामाङ समुदायले धुमधामकासाथ मनाएका छन् । उनीहरुले धार्मिक संस्कार अनुसार पुजापाठ र शुभकामना आदानप्रदान गरि सोनाम ल्होसार मनाएका हुन् ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा समुदायको तामाङ कुलपुजा बुद्धगुम्बामा भएको थियो । पूजा पछि आयामेजित औपचारीक कार्यक्रमलाई समबोधन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सबै जातजातीहरुको आ(आफनो पहिचानलाई प्रवर्द्धन गर्नुपर्ने बताए । उनले बुटवल सबै जातजातीको साझा उपमहानगर भएको चर्चा गर्दै सबैको संरक्षण र सम्बद्र्धन गर्न आफु प्रतिबद्ध रहेको बताए ।

डुक÷ल्हो स्वागत र ह्वयोई÷ल्हो बिदाई कार्यक्रममा बोल्दै नेवाः पुचका कोषाध्यक्ष चिरञ्जीवी प्रसाद श्रेष्ठ, घेदुङका केन्द्रित सदस्य वीर बहादुर घिसिङ, केन्द्रिय सदस्य बिर बहादुर घिसिङले पंचपात्र मन्जुश्री आधारमा मनाईने यो पर्वको आफनै महत्व रहको बताए ।

आफ्नो भाषा, धर्म, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको तामाङहरु वर्षदिनमा एकैठाउमा परिवार आफन्त भेटघाट भएर मिठामिठा खाना खाने र रमाईलो गर्ने घेदुङका अध्यक्ष राजेश लामाले बताए ।

तामाङहरुले यस वर्षको ल्होसार सप्ताहब्यापी रुपमा रक्तदान, दीप प्रज्जलन लगायतका कार्यगरि सोनाम ल्होसार मनाएका छन । रुपन्देहीमा २५० घरधुरीमा ३ हजार जति तामाङ जनसंख्या रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : ४१ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले