७ कार्तिक २०८३, शनिबार | October 24, 2026

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा



बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न तनावपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

दुई समुदायबीचको विवाद थप चर्किन नदिन आज दिउँसो २ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो।

निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी सूचनाअनुसार तोकिएको क्षेत्रमा कुनै पनि प्रकारको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

प्रशासनले निषेधाज्ञाको क्षेत्र सीमा पनि तोकेको छ। पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रसम्म निषेधाज्ञा लागू गरिएको जनाइएको छ।

महाराजगञ्ज नगरपालिका–२ र ३ को सीमावर्ती क्षेत्रमा मुस्लिम समुदायले ईद तथा हिन्दु समुदायले नवरात्रको अवसरमा धार्मिक गतिविधि गरिरहेका बेला विवाद सुरु भएको थियो। आज बिहान मन्दिरमा भजन गाउने क्रममा भएको तोडफोडको विषयलाई लिएर दुवै समुदायका युवाबीच तनाव बढ्दै गएको बताइएको छ।

त्यसै क्रममा रामनवमीका अवसरमा मन्दिरमा भजन–कीर्तन भइरहेको तथा ईदको नमाज पढ्दा दुवैतर्फबाट माइकको आवाज चर्को भएको विषयले विवाद थप चर्किएको थियो।

तनावका क्रममा दुवै पक्षबीच ढुंगा प्रहारसमेत भएको थियो। उक्त घटनामा पाँच जना सामान्य घाइते भएको निमित्त प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

प्रशासनका अनुसार निषेधाज्ञा जारी गरिएपछि अहिले अवस्था नियन्त्रणमा आएको छ। अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा निषेधाज्ञा कायम रहने प्रशासनले जनाएको छ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ४ : १६ बजे

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना

बेनी-दरवाङ-मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी-दरवाङ-मुना

दसैँको टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

काठमाडौं । विजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको