३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

आमा सेमिनारमा उब्जेका मानवीय प्रश्नहरु



कर्णाली । ‘धर्तीमा छ सबै चीज खोजे मिल्छ घरी घरी तर जन्मदिने आमा बाबा पाईदैन कसैगरी’ भन्ने नाराका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिवार मानवता प्रवद्र्धन महाअभियानअन्तरगत र ‘आमा सेमिनार’ पनि भयो ।

सेमिनार शुभारम्भ गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भने, “मानव सेवा आश्रममा जाँदा मन साह्रै पोल्यो, पीडा भयो तर पछि त्यहाँ भएको व्यवस्था देख्दा खुसी पनि लाग्यो । उमेर छिप्पिएकाहरुको हविगतको दृश्य देखेर पीडा भयो र सोचमग्न बनायो पनि तर उक्त आश्रमले प्रदान गरेको सेवा र बेसाहाराहरुको अनुहारमा देखिएको मुस्कानले खुसी बनायो ।”
“आज संसारमा मानवता कमजोर भइरहेको छ । त्यसैले होला प्रसव पीडा सहेर जन्मदिने आमा र सन्तानको जस्तोसुकै अवस्थामा काँध थाप्ने बाबुहरु अहिले अपहेलित भइरहेका छन्,” उनले भने, “धन दौलत, सुविधा सम्पन्न घरले मानव जीवनमा कुनै शान्ति नमिल्ने भएकाले सरकारले गर्नुपर्ने मानव सेवाका काम यस्ता आश्रमले गरेकाले अब छिट्टै आश्रमको भवन निर्माणका लागि बजेट सहयोग गर्ने र अन्य प्रदेशभन्दा यहाँ नमुना भवन बनाइने छ । ”

उक्त आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले आफ्नै सन्तानले आमाबुबाप्रति गरिरहेको व्यवहारले समाजमा मानवता हराउँदै गएको बताए । समझदारी, बोधगम्यता, ईमान्दारिता भन्ने चीज सन्तानमा नहुँदा आमाहरुले आँशु निलेका कथा असरल्ल देखिन थालेका छन्,” उनले भने, “यस्तो अवस्थामा मन र मष्तिष्क दुवैको व्यवस्थापन तथा मनलाई साथी बनाउने कला सबैले सिक्न अपहिार्य छ । नाथै नाथले बनेको देशमा कोही कसैले अनाथ भएर बस्नुपर्ने बाध्यताबाट मानव समाजलाई मुक्त बनाउने गरी अभियान थालिएको छ । ”
अहिले उक्त आश्रममा देशैभरिका एक हजार आठ सय आमाबुबा छन् ।

उक्त सेमिनारले भने सहभागीहरुमाझ धेरै प्रश्नहरु उठायो । किन आफ्नै छोराछोरीले आफ्नै आमाबाबुलाई त्याग्छन् ? रुखो व्यहार गर्छन् ? वृद्धाश्रममा पठाउँछन् ? चोट पुग्ने गरी बचन लगाउँछन् ? बाबु आमालाई समय दिँदैनन् ? कर्तव्य पूरा गर्दैनन् ? हाम्रो समाज कता लागिरहेको छ ? मानवता कमजोर कसरी हुँदैछ ? सुख, शान्ति र आनन्द कहाँबाट मिल्छ ? हाम्रो कर्तव्य र कर्म के हो ? संसारका पुज्नलायक साक्षात ईश्वर को हुन् ? जस्ता प्रश्न अध्यक्ष अधिकारीले प्रस्तुत गरे ।

आमाबुबाप्रति हरेक सन्तानले गरेको व्यवहार सु्न्दा धेरै सहभागी भक्कानिए । आँशु बगाए र केही आमाहरु आफूलाई सम्हाल्न नसकेर सभा कक्षमै रोए । ।“सन्तानले आफूहरुलाई दुःख दिएको पीडाको स्मरण गरेर आमाबुबा होस् या आफ्नै आमाबुबाप्रति गरेको अपमानित व्यवहार गर्ने सन्तान आत्मग्लानीले आँशु झारिरहेका थिए ।

सेमिनारले आमाबुबा, गुरु र प्रकृतिप्रतिको विश्वास ढल्न नदिन उत्प्रेरित ग¥यो । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्रप्रेम र आफूलाई जन्मदिने मातापिताको महत्वबोध गराई प्रेम, सद्भाव र करुणालाई जनजनमा पु्याउने उद्देश्यले आयोजित ‘आमा सेमिनार’मा उब्जिएका प्रश्नको उत्तर आफैभित्र खोज्नुपर्ने बेला आएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् । उनले भनिन्, “मानव सेवाजस्तो ठूलो धर्म अरु केही छैन भन्ने बोध मानव सेवा आश्रमले गराएको छ । हरेक व्यक्तिले बुझ्न जरुरी छ । नगरपालिकाले यसको प्रवद्र्धनमा आवश्यक सहयोग गर्छ ।”

आगामी विसं.२०८२ सम्म सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पनालाई पूरा गर्ने आधार तयार गर्न सुर्खेतलगायत नेपालका ४५ स्थानमा राष्ट्रव्यापी रुपमा मानवता प्रवद्र्धनका लागि यो कार्यक्रम आयोजना गरिएको मानव सेवा आश्रम कर्णाली प्रदेश सुर्खेतका संयोजक सञ्जिता गौतमले जानकारी दिइन् ।उनका अनुसार मानवसेवा आश्रमले जनजतामा सकरात्मक सोच, सिर्जनशीलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्मसंयमित, विवेकशील र आत्मनिर्भर व्यक्ति एवं समाज बनाउने ध्येयले सेमिनारको आयोजना गरिएको थियो ।

मानव अध्यायन केन्द्रले व्यवस्थापन गरेको उक्त सेमिनारमा स्थानीय तहका जनप्रतिनिधि, सहयोगी, दाता, आमा समूह, टोल विकास समिति, युवा समूह वा क्लब, शिक्षक शिक्षिका, विद्यार्थी, कर्मचारी, धार्मिक, अध्यात्मिक तथा गैर सरकारी सङ्घ संस्थाका प्रतिनिधि, महिला स्वयंसेविका र सञ्चारकर्मीको सभभागिता थियोे ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ४ : ०९ बजे

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा

इञ्जिनियर दाङ आउन नमान्दा बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस मेसिन

किसानद्वारा एक लाख २८ हजार केजी रैथाने बीउ उत्पादन

नेपालगन्ज । बाँकेका किसानले एक लाख २८ हजार बढी स्थानीय

जनताको हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमतिः अध्यक्ष प्रचण्ड

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

बागलुङ जिप दुर्घटना अपडेट – मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

ढोरपाटन । शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा भएको