५ फाल्गुन २०८२, मंगलबार | February 18, 2026

१७ औं मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगिता : वडा नं ७ र ८ विजयी हुदै सेमीफाईनलमा



बुटवल । बुटवलमा जारी १७ औं मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा वडा नं ७ र वडा नं ८ विजयी हुदै अन्तिम चारमा स्थान बनाएका छन ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगिताको आईतबार भएको पहिलो खेलमा वडा नं ८ ले वडा नं १३ लाई १-० गोल अन्तरले स्तब्ध पारेको हो । यसैगरि दिउसो भएको दोस्रो खेलमा वडा नं ७ ले वडा नं १८ लाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

सिद्घेश्वरी खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक पहिलो खेलमा वडा नं ८ को जितमा क्याप्टेन निरज थापाले खेलको ५५ औ मिनेटमा एकमात्र गोल गरे । डिबक्सभन्दा बाहिरबाट प्रहार गरेको फ्रिकिकलाई उनले जाली चुमाए । वडा नं ८ का गोलकिपर किशोर थापा खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दिउसो भएको एकतर्फी खेलमा वडा नं ७ को जितमा अनुप गुरुङले खेलको ६४ र ७० औ मिनेट, सुजल झेडीले ५४ र मोहन थापाले ८० औ मिनेटमा गोल गरे । खेलमा अनुप गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भएको राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका सचिव राजेन्द्र थापाले बताए ।

प्रतियोगिता अन्तरगत सोमबार दिउँसो एकमात्र अन्तिम क्वाटरफाईनल खेल वडा नं ६ र १५ का बिचमा हुने संयोजक अमृत भण्डारीले बताए । प्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, उपविजेता टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैया, कप, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, अनुसासित टिमलाई नगद ४ हजार ४ सय ४४ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रत्येक दिन म्यान अफ दी म्याचलाई १ हजार रुपैयाबाट पुरस्कृत गरिने छ । खेलमा उपमहानगरका १८ टिमले भाग लिएका छन ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : ४७ बजे

सैनामैनाबाट चोरीको स्कुटर र गरगहना सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट चोरीको स्कुटर र सुनका गहनाहरु सहित

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार