२९ माघ २०८२, बिहिबार | February 12, 2026

वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड : एथलेटिक्सका चन्द्र गुरुङलाई



काठमाडौं । एथलेटिक्सका चन्द्र गुरुङले यस वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको २०औँ संस्करणको एनएसएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत गुरुङले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका हुन् । अवार्डको शीर्ष तीन मनोनयनमा पर्नुभएका बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पार्दै उनले अवार्ड हात पारेका हुन् ।

उनले १६औँ एशियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्णपदक दिलाएका थिए । त्यस्तै उनकै प्रशिक्षणमा बङ्गबन्धु शेख मुजिव ढाका म्याराथनमा पनि नेपालले १एक स्वर्ण र २ कास्यपदक जितेको थियो ।

पहिलो ओलम्पियन भारोत्तोलनका राजेन्द्रकुमार प्रधानलाई लाइफ ‘टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । उनान्सत्तरी वर्षीय उनले ५५ वर्ष भारोत्तोलनको विकासका निम्ति उल्लेखनीय योगदान गरेका छन् ।

वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड क्रिकेटका देव खनाललाई प्रदान गरिएको छ । मनोनयनको शीर्ष तीनमा रहेका एथ्लेटिक्सका राममाया बुढा र बक्सिङका सुष्मा तामाङलाई पछि पार्दै राष्ट्रिय टोलीका ब्याट्सम्यान देवले युवा खेलाडीको पुरस्कार जितेका हुन् । खनालकै नेतृत्वमा नेपालको युवा टोलीले आठ वर्षको प्रतीक्षापछि आइसिसी यु–१९ क्रिकेट विश्वकपमा सहभागिता जनाएको थियो । उनकै नेतृत्वको टोलीले एशिया क्षेत्रीय छनोटको च्याम्पियन भएर प्रतियोगितामा स्थान सुरक्षित गरेको थियो ।

पोखराका फोटो पत्रकार सुदर्शन रञ्जितले ‘स्पेशल अवार्ड’ प्राप्त गरेका छन् । उनले चार दशक अघिदेखि पोखरामा भएका विभिन्न खेल गतिविधिका तस्बिर खिच्दै आएका छन् । मध्यम तथा लामो दूरीकी धाविका राजपुरा पछाइले उत्कृष्ट महिला खेलाडीको उपाधि पाएका छन् । उनले एशियाली क्रसकन्ट्रीको महिला १० किमी र ‘टिम इभेन्ट’मा दुई रजत पदक जितेका थिए । पछाइले मनोनयनको शीर्ष तीनमा परकी धाविका पुष्पा भण्डारी र राष्ट्रिय महिला बास्केटबल टिमकी उपकप्तान अनुशा मल्ललाई पछि पार्दै उपाधि जितेका हुन् ।

यसैगरी वर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधि एथ्लेटिक्सका दीपक अधिकारीले पाएकाछन् । उनले शीर्ष तीनको मनोनयनमा परेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र आसिफ शेखलाई पछि पारेका हुन् ।

टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले ‘पिपल्स च्वाइस अवार्ड’ प्राप्त गरे । पिपल्स च्वाइस मनोनयनमा परेका पाँच खेलाडीमध्ये सबैभन्दा धेरै मत पाएर उनले यो अवार्ड जितेका हुन् । अवार्डको मनोनयनमा फुटबलर अनन्त तामाङ, भलिबलका निरुता ठगुन्ना, करातेका विप्लबलाल श्रेष्ठ र बडिविल्डिङकी रजनी श्रेष्ठ थिए ।

पारा ओलम्पियन मैया विशुङ्खेले पारा एथलेटिक्स सम्मान हासिल गरिन् । एथलेटिक्समा अब्बल उनी सन् २००६ मा राष्ट्रिय च्याम्पियनसिपमा सहभागी भएकी थिइन् । त्यतिबेला नै उनले स्वर्णपदक जितेकी थिइन् ।

यसैगरी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासङ्घ (एआइपिएस)को युवा पत्रकार प्रशिक्षण कार्यक्रम वाइयसआरका प्रमुख मेन्टर हङकङ स्पोर्टस् प्रेस एशोसिएसनका अध्यक्ष रेमन्ड एशियाली खेलकुद पत्रकार सम्मानबाट सम्मानित भए ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीले पुरस्कारस्वरुप पल्सर मोटरसाइकल प्राप्त गरेका छन् । त्यस्तै अन्य विधाका विजेताले भने जनही रु ५० हजार प्राप्त गरे ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ९ : ५९ बजे

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक

चक्कु प्रहार गरेर किशोरको हत्या

दैलेख । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक