१८ माघ २०८२, आइतबार | February 1, 2026

फागुन १, जनयुद्ध दिवस : संघीय सरकारको सार्वजनिक बिदा छैन, माओवादीले जितेको पालिकामा बिदा



काठमाडौं । गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयानुसार यसअघि राजपत्रमा प्रकाशित उक्त दिन बिदा कायम नरहेको जानकारी दिए ।

सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको भएपनि सर्वोच्च अदालतले उक्त दिन सार्वजनिक बिदा नदिन सरकारलाई आदेश दिँदै सरकारको निर्णय खारेज गरिदिएको थियो ।

यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेशअनुसार फागुन १ गते बिदा कायम नगर्ने निर्णय गरेको थियो ।

संघीय सरकारले फागुन १ गते बिदा नरहेको सूचना जारी गरेपनि माओवादीको बहुमत सहित निर्वाचित जनप्रतिनिधि रहेको स्थानीय पालिकाहरुले भने फागुन १ लाई जनयुद्ध दिवस भन्दै पालिकास्तरमा बिदा दिने निर्णय गर्दै सूचना जारी गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  २ : १८ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई प्रयोग गर्न दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि