१७ भदौ २०८३, बुधबार | September 3, 2026

फागुन १, जनयुद्ध दिवस : संघीय सरकारको सार्वजनिक बिदा छैन, माओवादीले जितेको पालिकामा बिदा



काठमाडौं । गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयानुसार यसअघि राजपत्रमा प्रकाशित उक्त दिन बिदा कायम नरहेको जानकारी दिए ।

सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको भएपनि सर्वोच्च अदालतले उक्त दिन सार्वजनिक बिदा नदिन सरकारलाई आदेश दिँदै सरकारको निर्णय खारेज गरिदिएको थियो ।

यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेशअनुसार फागुन १ गते बिदा कायम नगर्ने निर्णय गरेको थियो ।

संघीय सरकारले फागुन १ गते बिदा नरहेको सूचना जारी गरेपनि माओवादीको बहुमत सहित निर्वाचित जनप्रतिनिधि रहेको स्थानीय पालिकाहरुले भने फागुन १ लाई जनयुद्ध दिवस भन्दै पालिकास्तरमा बिदा दिने निर्णय गर्दै सूचना जारी गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  २ : १८ बजे

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौँ । यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

प्रहरीले मृतक प्रहरीका परिवारलाई तत्कालै १० लाख दिने, प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने

काठमाडौं । गते रसुवा भोटेकोशी/त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको

भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुग्यो

काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार

रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका