८ कार्तिक २०८३, आइतबार | October 26, 2026

विद्युतीय उर्जाबाटै देशको समृद्धी : भौतिकमन्त्री चौधरी



बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री धर्मबहादुर चौधरीले विद्युतीय उर्जाको प्रयोगबाट मुलुकले समृद्धि हासिल गर्न सक्ने बताएका छन । उनले आयातित एलपी ग्यासको निर्भरता कम गर्दै विद्युतको खपत बढाउनुपर्नेमा जोड दिए ।

वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले आयोजना गरेको विद्युतीय चुलो राष्ट्रिय अभियान नेपालको कार्यक्रममा सोमबार बुटवलमा बोल्दै मन्त्री चौधरीले नेपालमा उत्पादन भएको विद्युत् बिदेशमा बेचेर अर्थतन्त्र सुधारमा महत्वपूर्ण भुमिका खेल्न सक्ने बताए । स्वदेशी विद्युत् खपत बढाउन विद्युतीय चुलोको प्रयोगसँगै रोपवेजस्ता प्रविधिहरुको प्रवद्र्धन गर्न सकिएमा आयातीति इन्धनको निर्भरता कम गर्न सकिने र यसले राष्ट्रिय अर्थतन्त्रमा बल पुग्ने विश्वास व्यक्त गरे । उनले ग्रामीण क्षेत्रमा निर्माण गरिएका लघुजलविद्युत् आयोजना, वायोग्यासजस्त प्रविधिको दिगो सञ्चालनबाट स्वच्छ भान्छाको अभियान सफल हुने बताए ।

प्रदेश सरकारले यस्ता अनुदानका कार्यक्रममा विपन्न नागरीकलाई प्राथमिकता दिएर बिभिन्न कार्यक्रम सञ्चालन गरीरहेको मन्त्री चौधरीले बताए । आगामी दिनमा उर्जा क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्ने प्रतिबछता जनाए ।

कार्यक्रममा सामुदायिक विद्युत् उपभोक्ता महासंघ नेपालका अध्यक्ष नारायण ज्ञवालीले मुलुक विद्युतीय ऊर्जामा आत्मनिर्भर हुदै गइरहेको अबस्थामा विद्युतीय चुलाको प्रयोगलाई बढाउँदै लैजानुपर्ने र यसका लागि तीनै तहका सरकार, निजी क्षेत्र र सहयोगी दातृ संस्थाले उपयुक्त नीति, कार्यक्रम र योजना तर्जुमा गर्नुपर्ने बताए । नेपालमा २९ सय मेघावाट विद्युत् राष्ट्रिय प्रशारणमा जोडीएको बताउँदै उनले यहाँको माग २ हजार मेघावाट मात्रै रहेको बताए ।

सो अवसरमा भौतिक पुर्वाधार मन्त्रालयका सचिव सुनिल पौडेल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक कार्यकारी निर्देशक नवराज ढकाल लगायतले नेपालको आर्थिक समृद्धि र जनताका जीवनस्तरमा सुधार ल्याउन विद्युतीय चुलोको प्रवद्र्धन गर्नुको विकल्प नभएको तर्क गरे । सबैको सामुहिक प्रयासबाट मात्रै विद्युतीय चुलो प्रवद्र्धन गर्न सकिनेमा जोड दिए ।

कार्यक्रममा नेपाल नविकरणीय उर्जा प्रवद्र्धन कार्यक्रमका डाइरेक्टर सुमन बस्नेतले आयातित ग्यासलाई न्यूनीकरण गरी स्वदेशमै उत्पादन भएको विद्युतको खपत बढाउने उद्देश्यले २०७५ सालदेखि विद्युतीय चुलो राष्ट्रिय अभियान सुरु गरिएको बताए । काठमाडौंबाहिर पहिलो पटक लुम्बिनी प्रदेशमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरीएको उनले बताए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ६ : १३ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको